काठमाडौँ, ३२ जेठ –
वनस्पति विभागले बहुमूल्य जडीबुटीको संरक्षण अभियानलाई प्राथमिकतामा राखेको छ ।
विभागले बहुमूल्य र लोपहुन लागेका १२ प्रजातिका वनस्पतिलाई विशेष प्राथमिकतामा राखेको हो । प्राथमिकतामा राखेका वनस्पतिमा सुगन्धवाल, चिराइतो, सतावरी, जटामसी, यार्सागुम्बा, कुट्की, लौठसल्ला, सुगन्ध कोकिला, सर्पगन्धा, गुर्जो, पाँचऔँले र पिपला रहेका छन् ।
विभागका प्रवक्ता सुदिता वासुकलाले लोप हुनलागेका जडीबुटीलाई संरक्षण तथा संवद्र्धन गर्नका लागि विशेष योजना ल्याएको बताउनुभयो । जिल्ला वनस्पति कार्यालय, वनस्पती उद्यान गोदावरी र केन्द्रीय वनस्पति उद्यान सिंहदरबार बहुमूल्य जडीबुटीको संरक्षणमा लागेका छन् ।
यस्तै विभागले मुलुकको आर्थिक क्षेत्रको विकासका लागि ३० प्रजातीका जडीबुटीको विशेष संरक्षण गरेको छ । संरक्षणमा परेकामा उतिस, अमला, ओखर, कुट्की, गुच्चीच्याउ, गुर्जो, चिराइतो, जङ्गली सयपत्री, जटामसी, झयाओउ, टिमुर, तेजपात, धसिङ्ग्रे, निम, पद्मचाल, पाखनवेद, पाँचऔँले, पिपला, विख, बोझो, भ्याकुरे, मजिठो, यार्सागुम्बा, रिठा, लघुपत्र, लौठसल्ला, सुगन्धकोकिला, सुगन्धवाल, कुरिलो र सर्पगन्धा रहेका छन् ।
विभागका उपसचिव दिलबहादुर क्षेत्रीले मूल्यवान जडीबुटी संरक्षणका लागि वनस्पति उद्यानमामा स्थानीय र परस्थानीय वनस्पति संरक्षण तथा अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । विभागले हाल जिल्ला वनस्पति कार्यालय इलाम, धनुषा, मकवानपुर, सल्यान, बाँके, जुम्ला र कैलालीमार्फत अध्ययन र अनुसन्धान गरिरहेको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution