विदेशीसँग विवाहपछि जन्मेका सन्तानलाई अधिकार दिन निर्देशन

काठमाडौँ, १ असार –

नेपाली नागरिकले विदेशी नागरिकसँग विवाह गरी जन्मेका सन्तानलाई नेपालको संविधान र प्रचलित कानुनले प्रदान गरेका अधिकार सहजरुपमा उपलब्ध गराउन संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

समितिको आजको बैठकमा विशेषत नेपाली महिलाले विदेशी पुरुषसँग बिहेगरेपछि जन्मिएका सन्तानलाई नेपाली नागरिकता प्राप्त गर्न केही व्यवहारिक समस्या रहेको विषयमा छलफल भएको थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले नेपाली महिलाले विदेशी पुरुषसँग बिहे गरेमा श्रीमान् नेपालमा लगातार १५ वर्ष बसेर आफ्नो मुलुकको नागरिकता त्यागेको अवस्थामा नेपाली नागरिकता पाउने व्यवस्था रहेको जानकारी गराउनुभयो । उनीहरुबाट जन्मिएका सन्तानले बाबुको देशको नागरिकता लिन नचाहेकोमा १६ वर्ष पुगेपछि सहजै नेपाली नागरिकता पाउने व्यवस्था कानुनमा रहेको बताउनुभयो ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले नागरिकताको विषय राष्ट्रिय सुरक्षा र राष्ट्रहितसँग समेत जोडिएको हुनाले यसलाई सहजरुपमा लिन नहुने टिप्पणी गर्नुभयो । गृहमन्त्रालयका सहसचिव विनोद रेग्मीले नयाँ संविधान अनुसार नागरिकताको व्यवस्था थप स्पष्ट पार्ने सम्बन्धी प्रस्ताव गृहले तयार पारेर कानुन मन्त्रालयमा पुगेको जानकारी दिनुभयो ।

बैठकमा सांसदले नेपाली पुरुषले विदेशी महिला बिहे गरेमा अर्को दिन ती विदेशी महिलाले नागरिकता पाइहाल्ने तर नेपाली महिलाले बिहे गरेमा पुरुषले १५ वर्ष कुर्नुपर्ने प्रावधान विभेदकारी रहेको टिप्पणी गरेका थिए ।

उनीहरुले बिहे गरेर विदेशबाट आएकी महिलाले अङ्गिकृत नागरिकता लिएको अर्को दिनदेखि सांसद्देखि उपप्रधानमन्त्रीसम्म बन्न पाउने व्यवस्थामा सुधार गर्दै त्यहाँ पुग्न केही वर्षको अवधिको सीमा राख्नुपर्ने सझुाव दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button