बँदेलले आक्रमण गर्दा तीन जना गम्भीर घाइते

  • पोखरा न्यूज
  • २०७३ अषाढ ३
बँदेलले आक्रमण गर्दा तीन जना गम्भीर घाइते

पोखरान्युजडटकम, ३ असार –

अछाम जिल्लामा बँदेलको आक्रमणबाट तीन जना गम्भीर घाइते भएका छन् ।

गाउँ नजिकैको धुरेला जङ्गलबाट एक्कासि गाउँ पसेको बँदेलले आक्रमण गर्दा मङ्गलसेन नगरपालिका–१० जुपु गाउँका का ६० वर्षीय मानबहादुर बाग्पाल, २६ वर्षीय बमबहादुर रावल र कञ्चनपुर गुलरियाका ४८ वर्षीय पल्टुराम चौधरी घाइते भएका हुन् ।

बँदेलको आक्रमणमा परी गम्भीर घाइते भएका मानबहादुर बाग्पाल र पल्टुराम चौधरीलाई उपचारका लागि जिल्लाको सामुदायिक अस्पलाल बयालपाटा लगिएको छ भने बमबहादुर रावललाई अछाम जिल्ला अस्पतालमा लगिएको स्थानीय नेत्र रावलले बताउनुभयो ।

तीन जनालाई आक्रमण गरी गम्भीर घाइते बनाएपछि बँदेललाई नियन्त्रणमा लिन जिल्ला वन कार्यालय अछामको टोलीसहित प्रहरी खटाइएको अछामका प्रहरी प्रमुख डिएसपी नीरञ्जनदत्त भट्टले बताउनुभयो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस