पोखरान्युजडटकम, ७ असार –
झापाको कनकाई नगरपालिकामा पर्ने सुरुङ्गामा रहेको मेरीगोल्ड अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी अनौठो रोगका कारण दिनहुँ बेहोस हुन थालेपछि विद्यालयमा तनाव सिर्जना भएको छ ।
विद्यालयका प्रधानाध्यापक गोकुल उप्रेतीका अनुसार आइतबार कक्षा ७ मा अध्ययनरत सातजना छात्रा एकै पटक बेहोस भएका थिए भने सोमबार पनि विद्यार्थी बेहोस भएपछि विद्यालयमा तनाव सिर्जना भएको हो ।
कक्षामा अध्ययनरत रहेकै बखत विद्यार्थी बेहोस हुन थालेपछि उनीहरुलाई स्थानीय मेरिगोल्ड हस्पिटलमा पुरयाइएको थियो । हस्पिटलमा रहेका चिकित्सकले समेत अनौठो रोगका कारण विद्यार्थी बेहोस भएको बताएपछि अभिभावक र विद्यालय परिवार चिन्तित बनेको विद्यालयका प्रधानाध्यापक उप्रेतीले बताउनुभयो ।
चौध जना विद्यार्थी बेहोस भएपछि विद्यालय प्रशासन र अभिभावक निक्कै चिन्तित बनेका छौँ, विद्यालयका प्रधानाध्यापक उप्रेतीले भन्नुभयो ।
विद्यार्थी बेहोस हुन थालेपछि कक्षा ७ को दुई दिनका लागि कक्षा बन्द गरिएको उप्रेतीले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution