ढाका मोहन बराल (गणेस)
पोखरा , २८ असार –
वर्तमान सरकारबाट फिर्ता हुने माओवादी केन्द्रको निर्णयसँगै वर्तमान सरकार अल्पमतमा परेको छ । यसअघि सो पार्टीले सरकारबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष प्रचण्डलाई दिएपछि सहमतीय सरकारका लागि भन्दै हिजो दिनभर प्रयास गरेको थियो । माओवादी केन्द्रको निर्णयपछि के गर्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओलीले आन्तरिक छलफल शुरु गरेका छन् ।
माओवादी केन्द्रको मंगलबारको निर्णयसँगैअब सरकारको पक्षमा मात्र २ सय ५३ जना सांसद रहेका छन् भने विपक्षमा ३ सय ४१ जना सांसद पुगेका छन् । वर्तमान सरकार कायम रहीरहन भने कम्तिमा पनि २ सय ९८ जना सांसदको समर्थन चाहिन्छ । उक्त संख्याले मात्र हाल संसदमा कायम रहेको सांसद संख्याको बहुमत पुग्दछ ।
अब सरकारको पक्षमा एमाले १८२, राप्रपा नेपाल २५, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक १४, राप्रपाः १२, नेकपा माले ५, नेमकिपा ४, राष्ट्रिय जनमोर्चा ३, नेपाल परिवार दल २, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिक २, नेपाः राष्ट्रिय पार्टी १, मधेस समता पार्टी १, अखण्ड नेपाल पार्टी १ र बहुजन शक्ति पार्टी १ गरी कुल २५३ सांसद रहेका छन् ।
त्यसैगरी कांग्रेस २०७, माओवादी ८२, संघीय समाजवादी फोरम नेपाल १५, तमलोपा ११, सदभावना पार्टी ५, नेकपा संयुक्त ३, तराई मधेस सदभावना पार्टी ३, राष्ट्रिय मधेस समाजवादी पार्टी ३, थरुहट तराई पार्टी २, नेपाली जनता दल १, फोरम गणतान्त्रिक १, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट १, मधेसी जनअधिकार फोरम गणतान्त्रिक १, खम्बुवान राष्ट्रिय पार्टी १, संघीय सदभावना पार्टी १, दलित जनजाति पार्टी १, जनजागरण पार्टी १, नेपाल सदभावना पार्टी १, र स्वतन्त्र १ गरी कुल ३४१सांसद सरकारको विपक्षमा रहेका छन् ।
बर्तमान परिस्थिति पश्चात प्रधानमन्त्री केपी ओलीसँग अब संसदमा विश्वासको मत लिने, राजिनामा दिएर नयाँ सरकार गठनको लागी मार्ग प्रशस्त गरिदिने वा वर्तमान संसद विघटन गरेर नयाँ चुनावको घोषणा गर्ने तीन वटा बिकल्प रहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution