खर्च हुन नसकी झन्डै चार करोड फ्रिज

पाँचथर, ३ साउन –

यसवर्ष जिल्ला विकास समिती पाँचथरले रु तीन करोड ९५ लाख ३३ हजार १६५ बजेट खर्च गर्न नसक्दा फिर्ता भएको छ । स्थानीयस्तरका सडक पुल निर्माण गर्दा यसवर्ष खर्च हुन नसकी रु दुई करोड ४१ लख ८७ हजार ६५५ रकम फ्रिज भएको हो ।

जिल्लाको सुभाङमा निर्माणधिन पुल र सिदिन र मेमेङ जोड्ने मुवाखोलाको पुलको निर्माण कार्य नसकिएपछि उक्त ठूलो रकम फ्रिज भएको स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले बताउनुभयो ।

बहुवर्षीय योजना भएकाले आगामी वर्ष मात्रै यो पुलको निर्माण कार्य सकिने उहाँले जानकारी गराउनुभयो । यस्तै जिल्ला विकास समिति अनुदान पुँजीगत तर्फ रु ६९ हजार ६२४, साना सिँचाइ नदी नियन्त्रण र अन्य पूर्वाधार विकास कार्यक्रम तर्फ रु सात लाख ३९ हजार ८६०, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम तर्फ रु ९ हजार ५९३ खर्च हुननसकी फिर्ता भएको छ ।

यसैगरी निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत रु पाँच लाख १२ हजार ३३१, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम अन्तर्गत १० रु लाख ६६ हजार ४७९ रकम फ्रिज भएको छ ।

यस्तै चालु तर्फ रु एक करोड १९ लाख ३६ हजार १९० रकम फ्रिज भएको जिल्ला विकास समिति पाँचथरले जनाएको छ । स्वीकृत गरेका योजना तथा कार्यक्रममा स्थानीय उपभोक्ता समयमै सम्भौता गर्न नआएको, योजनाको काम समयमै नसकेको र कतिपय योजना बहुवर्षीय योजना भएकाले पनि रकम फिर्ता भएको स्थानीय विकास अधिकारी धमलाले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button