खाजाको रकमले प्रकोप पीडितलाई कपडा र खाद्य सामाग्री वितरण

पोखरा ३, साउन –

कास्कीको पूर्वी गाविस देउरालीमा भूकम्प र वाढी पहिरो पीडितलाई कपडा र दैनिक उपभोग्य वस्तु वितरण कार्य सम्पन्न भएको छ ।

बेल्जियमको लिभेनमा विविए अध्ययनरत सपना शेरचन र वेलायतको सनराइज सिनियर लिभिङमा कार्यरत उनकी बहिनी पूजा शेरचनले खाजा खाने रकम जम्मा गरी पठाएका थिए । परदेशमा रहेका शेरचन दिदीबहिनीले वर्षाद्को समयमा घरदेशका प्रकोप पीडितलाई कपडा र दैनिक उपभोग्यका सामाग्री वितरण गरियोस भन्ने चाहना राखेका थिए ।

देउराली गाविसका नौ वटै वडाका अति प्रभावित विपन्न, सिमान्तकृत, असक्त र अपाङ्ग गरि तेह्र घरपरिवारलाई देउराली स्वस्थ्य चौकीमा राहत सामाग्री वितरण गरिएको हो । भूकम्पबाट पूर्ण क्षतिभएका ती घरपरिवार वर्षादको समयमा बाढी पहिरोबाट समेत पीडित थिए ।

help

भूपेन्द्र विश्वकर्मा, विष्णुमाया तिमिल्सिना, रामबहादुर नेपाली, अमृत घिमिरे, सचिन्द्र परियार, राजन खनाल, मङ्गली श्रेष्ठ, भरत घिमिरे, आइतीमाया श्रेष्ठ, सतबहादुर नेपाली, ऐनबहादुर बस्यौला, चाउरे नेपाली र कृष्णबहादुर श्रेष्ठलाई स्वास्थ्य चौकीका स्वयमसेवकहरुले प्रकोप पीडितका रुपमा सिफारिश गरेका थिए ।

देउराली स्वास्थ्य चौकीका प्रमुख आनन्द जोशीले भूकम्प पीडितहरुलाई यसरी घरमै कपडा र दैनिक उपभोग्यका वस्तु आउनु अत्यन्तै सह्रानीय भएको र पीडितहरुलाई स्वस्थ्य शिविर आवश्यक भएको बताए । गाउँ इकाइ वडा नं. ३ का संयोजक शिक्षक रामलाल श्रेष्ठले वास्तविक मर्कामा परेकाहरु छनौट गरी वितरण गरिएको मानवीय सहयोगलाई लाख सझनु पर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटीका काशीराम घिमिरेले प्रकोप पीडितलाई राहत वितरण गर्न विदेशमा रहेका शेरचन दिदीबहिनीको सहयोगी हातलाई गाउँलेले कहिलै नविर्सने हुँदा गाउँको तर्फबाट आभार व्यक्त गरे । समाजसेवी सुवेदार ज्योतिकुमार श्रेष्ठले पीडितका नाउँमा गाउँमा आएको राहत सामाग्री पारदर्शीपूर्ण तरिकाले वितरण गर्न पाउँदा खुशी व्यक्त गर्दै भान्साको नुनदेखि जाडोको ऊनसम्म राहत वितरणमा जुटाउनु कठिन भए पनि व्यवहारिक रहेका बताए ।

घरदैलोमा नै राहत सामाग्री पुरयाउन सपना शेरचनकी साथी शिक्षिका सरु घिमिरेले पहल गरेकी थिइन् । उनले छोरीको जन्मदिन केक काटेर मनाइनन् । छोरीलाई माइती गाउँका विपन्न असहायलाई जुस र खाद्यन्य वितरण गर्न लगाएकी थिइन ।

बेल्जियमकी विद्यार्थी सपना शेरचन, वेलायतमा कार्यरत पूजा शेरचन, पोखरास्थित मुनाल स्टोर्सका मोती भुजेल र जय हनुमान बस्त्रालयका सत्यनारायण खेतानलाई धन्यवाद र आभार व्यक्त गर्दै पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष सुरेश रानाभाटले भूगोलको दूरी जतिसुकै टाढा भए पनि मनको दूरी नजिक भयो भने गाउँमा आउन झरीले पनि रोक्दैन । विदेशमा रहँदा पनि सहयोगी मनहरुले गाउँ संझनु अपनत्वको भावना हो भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button