कसमस कलेजको ‘बुट क्याम्प’ सम्पन्न

पोखरा, ७ साउन –

पोखरा पालिखे चोक स्थित कसमस इन्टरनेशनल कलेजले आयोजना गरेको ‘बुट क्याम्प’ सम्पन्न भएको छ । ‘बुट क्याम्प’ का सहजकर्ता भिजनरी इन्टरनेशनलका प्रमुख इन्द्र गुरुङ्गले कार्यक्रम समापन गर्दै विद्यार्थीहरुलाई जिवनको मार्गदर्शन परिष्कृत बनाउन ‘बुट क्याम्प’ सहयोगी भएको बताए ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

‘बुट क्याम्प’ मा विद्यार्थी हरुको अन्तर मनमा प्रवेश गर्न र उनीहरुलाई आफ्ना परिवार मात्र नभई समाजप्रति उत्तरदायी बनाउन कार्यक्रम सहयोगी रहेको उल्लेख गरे । उनले प्रविधीले जिवनमा धेरै परिवर्तन ल्याए पनि प्रविधीको गलत प्रयोगले अभिभावक र छोरा–छोरीहरुको दुरी वढदै गएको वताए । उनले ‘बुट क्याम्प’मा विद्यार्थीहरुले जिवनपयोगी केही नयाँ कुरा सिकेको र त्यसवाट उनिहरुको अध्ययन अध्यापन संगै जिवनलाई नयाँ ढङ्गबाट अघि वढाउन सहयोग मिल्ने बताए ।

कार्यक्रमको समापन गर्दै कसमस गु्रपका अध्यक्ष एवम कलेजका कार्यकारी निर्देशक तेज गुरुङ्गले विद्यार्थीहरुले आफ्नो जिवनमा परिवर्तन ल्याउन धेरै कुरा सिक्न आवश्यक रकेको बताए ।

कलेजका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको समापन कार्यक्रममा कसमस गु्रपका सदस्य चिज काजी गुरुङ्ग, कलेजका एकाडेमिक कोर्डीनेटर भरत गुरुङ्ग, कलेज प्रशासक चित्र गुरुङ्ग, विद्यार्थीहरु सिजन गुरुङ्ग, शिवराज गौतम, प्रतिक्षा राना, प्रतिमा गौतम, अश्विन गुरुङ्ग, प्रतिमा गौतम, दिवान गुरुङ्ग, युक्ति गुरुङ्ग, सौगात परियार, विशाल देवकोटा, रिवेश राय, सागर तिमिल्सिना लगाएतले ‘बुट क्याम्प’मा प्राप्त गरेका अनुभवहरुका वारेमा वोलेका थिए

तिन दिन सम्म चलेको ‘बुट क्याम्प’ मा विज्ञान र व्यवस्थापन गरि ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । ‘बुट क्याम्प’ कास्की पर्यटकिय स्थल धम्पुसमा भएको थियो । बेलायतको क्यामव्रिज विश्वविद्यालय संग सम्वन्धन प्राप्त कसमस कलेजमा ए लेभेल को अध्यययन अध्यापन हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button