पोखरामा बर्जरको एक्सक्लुसिभ स्टोर ‘पेन्ट प्लस’

पोखरा, १४ साउन –

नेपालमा सर्वाधिक रुचाइएको पेन्ट्स कम्पनी वर्जर पेनट्सले पोखराको राष्ट्रवैंक चोकमा नयाँ एक्सक्लुसिभ स्टोर ‘पेन्ट प्लस’ संचालनमा ल्याएको छ । सो ‘पेन्ट प्लस’को मिस नेपाल २०१६ कि अस्मी श्रेष्ठ र वर्जर मिस ट्यालेन्ट २०१६ की सृजना रेग्मीले सुभारम्भ गरेका थिए ।

berger paints 2

वर्जर पेन्ट्स बारे जानकारी दिंदै वर्जर जेनसोन एण्ड निकोल्सन प्रालीका नेपाल स्थित कन्ट्री म्यानेजर साइबाल घोषले नेपाली वजारमा वर्जर पेन्टस ग्राहकहरुको उत्कृष्ट रोजाई बन्न सफल रहेको दावी गरे । सन २००० वाट नेपाल प्रवेश गरेको वर्जरले नेपाल र भारत वाहेक वंगालादेश, रसिया र पोल्यान्डमा गरि वार्षिक ५ हजार करोडको कारोवार गर्न सफल रहेको समेत उनले वताए । कन्ट्री म्यानेजर घोषका अनुसार वर्जरले नेपालमा आर्थिक वर्ष २०७२–०७३ मा अनुमानित २ सय २५ करोडको कारोवार गरेको छ । नेपालमा भक्तपुर र हेटौडा गरि दुई उद्योग वाट यस कम्पनीले आफ्ना उत्पादन गर्दै आइरहेको समेत उनले जानकारी दिए ।

यति वेला ग्राहकहरुलाई हामीले छुट्टै प्रकारको सेवा दिन चाहन्छौ उनले भने –‘घरमा रंग लगाउनु अघि ग्राहकहरुको सृजनशिलता लाई समेत जोडन चाहन्छौ ।’ ‘कुनै बेला १५–१६ थरिका रंगहरु प्रयोगमा आँउथ्यो तर अहिले त्यस्तो छैन हामीले अहिले १ हजार भन्दा वढी रंगहरु वजारमा ल्याएका छौ यो समयको माग थियो र हाम्रो इनोभेसन पनि’ उनले भने । ‘अहिले लाइफ स्टाइल चेन्ज संगै रंगको च्वाइस पनि थपिएको छ र हामी ग्राहकहरुको माग अनसुार वर्जरलाई उर्तान चाहन्छौ’ घोषले भने ।

कार्यक्रममा मिस नेपाल २०१६ अश्मी श्रेष्ठले वर्जर, उत्पादन र वजार मुखी मात्र नभई सेवा मुखी र सामाजिक कृयाकलापमा समेत आफ्नो छवीलाई माथी उठाएको वताइन । उनले भनिन ‘वर्जरले ग्राहकहरुको ख्याल राख्नुका साथै नेपाली महिलाहरुलाइ माथी उठाउन सामाजिक कृयाकलापमा समेत यसको सहभागिता प्रंशसनिय छ ।’ सो अवसरमा वर्जर मिस ट्यालेन्ट सृजना रेग्मीले पोखरा लगाएत विभिन्न शहरमा ट्राफिक प्रहरी संगको सहकार्यमा वर्जर पेन्टसले राम्रो कार्य गरेको वताइन ।

berger paints 3

कार्यक्रममा वर्जरका मार्केटिङ्ग हेड आलोक मिश्रा, जटाधारी ट्रेडर्सका सञ्चालक तोरण कुंवर वर्जर पेन्ट्सका एशिसटेन्ट माकेृटिङ्ग म्यनेजर ज्ञानु सिग्देलले समेत वर्जर पेन्ट्सका बारेमा वोलेका थिए ।

पोखरा राष्ट्रवैंक चोक स्थित जटाधारी ट्रेडर्समा वर्जरले एक्सक्लुसिभ शोरुम ‘पेन्ट प्लस’को सुरुवात गरेको हो । वुझ्नुहोस, रोज्नुहोस अनि रंगाउनुहोस भन्ने नाराका साथ सुरु भएको ‘पेन्ट प्लस’को मुख्य उद्देश्य ग्राहकहरुलाई रंग सम्वन्धी सम्पुर्ण जानकारी दिनुका साथै इन्टोरियर डेकोरेटर द्वारा रंग वारे परामर्श, घरको डिजिटल प्रिभ्यु, टच एण्ड फिल जस्ता सुविधाहरु उपलव्ध गराउने रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button