ज्वरो र झाडापखालाका विरामी बढे पछि पानी उमालेर पिउन चिकित्सकको सुझाब

पोखरा, १८ साउन –

अर्घाखाँचीमा भने एकै बेडमा दुई जनासम्मको उपचार हुदै

हिजोआज देशै भरी ज्वरो र झाडापखालाका विरामीहरुको सङख्यामा बृद्धि भए पछि चिकित्सकहरुले पिउने पानी उमालेर मात्र पिउन सुझाव दिएका छन । दुषित पानी पिउनाले, फोहोर सडेगडेका खानेकुरा खानाले, नछोपेको झिंगा भन्केका खानेकुरा खानाले, दिसापिसाव छोएपछि राम्रोसंग हात नधुनाले जस्ता कारणले गर्दा ज्वरो र झापापखाला लाग्ने भएकोले यस्ता कुराबाट सवधानी अपनाउन चिकित्सकहरुले सुझाव दिदै आएका छन ।

पिउने पानीमा बर्षायाममा बढी कोलिफम (दिशामा हुने व्याक्टेरिया) हुने भएकोले पानी पिउदा उमालेको पानी पिउन पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. तारानाथ पौडेलले सुझाव दिए । उनले भने “ ज्वरो र झाडापखाला मौसमी रोग भएपनि हालसम्म हाम्रो नियन्त्रणमा रहेको छ, हामी सवैले स्वास्थ्यमा बढी ख्याल गर्नु पर्दछ, भूकम्प प्रभावित क्षेत्र गोर्र्खा र कपिलवस्तुमा अन्य जिल्लामा भन्दा केहि बढी व्यक्तिहरु यस रोगबाट प्रभावित भएका छन । ” स्वास्थ्य टिमहरु विभिन्न जिल्लामा खटाईएको उनले बताए ।
यसैबिच, हिजोआज पश्चिमाञ्चल क्षेत्रमा ज्वरो र झाडापखालाका विरामीहरुको सङख्यामा करीब २० प्रतिशतले बृद्धि भएको छ । मौसमी रोगको रुपमा रहेको ज्वरो र झाडापखाला पश्चिमाञ्चल क्षेत्रमा यस पाली करीब २० प्रतिशत विरामीहरु बढेको पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालयका निर्देशक डा. तारानाथ पौडेलले बताए ।

पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा पनि हिजोआज अन्य दिनको तुलनामा दैनिक जसो एक सय जना सजो बढी विरामीहरु आउने गरेको मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीकृष्ण श्रेष्ठले बताए । करीब दैनिक जसो ५÷६ सय विरमीहरु ओपीडीमा आउने गरेकोमा हिजोआज ६÷७ सय बिरामीहरु आउने गरेको जसमा अधिकाश ज्वरो र झाडापखाला, रुघाखोकिका विरामीहरु भेटिएको डा. श्रेष्ठले बताए ।

यसै विच, अर्घाखाँचीको जिल्लाको सन्धिखर्क अस्पतालमा विरामीहरुको यति वेला अत्याधिक चाप बढेको छ । ३० वेडको अस्पतालमा ५० जना बन्दा बढी विरामीहरु एकै पटक उपचार गर्नु गर्दा विरामीहरुलाई सेवा दिन आफुहरुलाई हम्मेहम्मे भएको मेडिकल सुपरिटेण्डेण्ट डा.जगन्नाथ तिवारीले बताए । एउटा वेडमा दुई जनासम्म विरामीहरु राखेर उपचार गराउन आफहुरु बाध्य भएको डा. तिवारीले बताए । स्वास्थ्य जतो कुरा एकै वेडमा दूई विरामी राख्दा असर गर्दन छ भन्ने प्रश्नमा उनले वेड अभावको कारणले गर्दा एकै प्रकृतिका विरामीलाई एकै वेडमा दुई जनासम्म राखेर उपचार गर्ने गरेको जनाए । सन्धिखर्कमा सरकारी दरवन्दी अनुसार १५ वेड भए पनि अस्पताल व्याबस्थापन समितिले थप १५ वेड संचालनमा ल्याएको हो । सन्दिखर्क गच्छे धरमपानीकी टुकादेवि भाट र पकले सन्दिखर्ककी सुजना केसी झाडापखाला लागे पछि उपचार गर्न अस्पताल आएका उनीहरुलाई एकै वेडमा राखेर उपचार भएको हो । यस्ता अन्य अन्य विरामीहरुलाई यसरी उपचार हुने गरेको अस्पतचालले जनाएको छ । वेड अभावमा कोहि विरामीहरुलाइृ भूइृमा त कोहिलाई वेन्चमा राखेर सलानी पानी चढादैे उपचार भएको छ । प्युठान र गुल्मी क्षेत्रबाट समेत सो क्षेत्रमा उपचार गर्न आउने भएकोले अस्पतालमा वेड सङख्या बृद्धि गर्नु पर्ने देखिन्छ । ५० वेड पुराउन माग गर्दै आए पनि हालसम्म अनुमनि नपाउदा आफुहरुले र सेवाग्रासिहरुले सास्ती भोग्नु परेको अस्पताल सुत्रले जनाएको छ । सन्दिखर्कमा एक निजी अस्पताल र दूई पोलि क्लीनिक रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button