प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुभयो

भक्तपुर, १९ साउन –

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार छाड्नु भएको छ ।

व्यवस्थापिका–संसद् बैठकले आजै नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने निश्चित भएपछि उहाँले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार छोड्नु भएको हो ।

प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नुअघि त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीसँग भलाकुसारी गरी सहयोगका लागि धन्यवाद दिनुभएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

आज बिहान प्रधानमन्त्री ओलीले बालुवाटार हाताभित्र पिपलको बोटसमेत रोप्नु भएको थियो । निवास छोडेलगतै उहाँ व्यवस्थापिका–संसद् बैठकमा भाग लिन नयाँबानेश्वर जानुभएको छ ।

यसैबीच प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित आफ्नै निवासमा सर्नुहुँदा स्वतन्त्र युवा अभियानको नेतृत्वमा उहाँका समर्थकहरुले नयाँबानेश्वरबाट स्वागत गर्दै बालकोट पु¥याउने तयारी गरेको प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिनुभयो ।

नयाँबानेश्वरबाट ओली निवास बालकोटसम्म उहाँलाई मोटरसाइकल तथा गाडीले स्कर्टिङ गरेर लैजाने तयारी गरिएको युवा सङ्घका पूर्व अध्यक्ष महेश बस्नेतले बताउनुभयो ।

बालकोट चोक र प्रधानमन्त्री ओली निवास अगाडिको चोकमा धिमे बाजासहित उहाँलाई भव्य स्वागत एवम् सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button