काँग्रेसबाट तीन मन्त्रीले शपथ लिने

काठमाडौँ, २० साउन –

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथसँगै नेपाली काँग्रेसबाट तीन मन्त्रीले शपथ लिने टुङ्गो लागेको छ ।

नेता विमलेन्द्र निधिको नेतृत्वमा काँग्रेस सरकारमा जाने तय भएको छ । निधिले गृह, अर्जुननर सिंह केसीले रक्षा एवम् रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्नु हुनेछ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रधानमन्त्रीसँगै कृष्णबहादुर महरा, जनार्दन शर्मालगायतले शपथ लिने बुझिएको छ । प्रवक्ता पम्फा भुसालले पार्टीबाट मन्त्री हुनेको टुङ्गो केही बेरमै लाग्ने जानकारी दिनुभयो ।

काँग्रेस र माओवादी केन्द्रलगायतका दलको समर्थनमा बनेको दाहाल नेतृत्वको सरकारमा काँग्रेसले १३ र माओवादी केन्द्रले आठ मन्त्रालय पाउने सहमति भएको छ । अन्य साना दललाई पनि सरकारमा सामेल गर्दा मन्त्रालयको सङ्ख्यामा थपघट हुनसक्ने बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button