गढीमाईमा बलिप्रथा रोक्न आदेश

काठमाडौँ, २० साउन –

सर्वोच्च अदालतले गढीमाई मेलाका नाममा पशुबलि जस्तो क्रुर व्यवहार रोक्नका लागि सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सरकारले एउटा समिति बनाएर गढीमाई मेलामा हुने क्रुर व्यवहार रोक्नका लागि उचित काम गर्न निर्देशनात्मक आदेश दिएका अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । आदेशमा भनिएको छ, “जनतालाई त्यो ठीक होइन भन्ने जनचेतना जगाउनुप¥यो, जनता आफैँले आचारसंहिता तयार गरी लागू गर्ने वातावरण सरकारले बनाउनुपरयो ।”

वातावरणीय दृष्टिकोणले समेत बलि दिनु उचित नभएको हुँदा सरकारले त्यसलाई रोक्नका लागि समिति गठन गर्न निर्देशन दिइसकेको छ । पशुबलि क्रुरताको रुप भएकाले त्यसलाई रोक्न आदेशको माग गर्दै अधिवक्ता अर्जुनकुमार अर्यालले २०७१ मङ्सिर ४ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गढीमाई मन्दिर व्यवस्थापन समितिलाई विपक्षी बनाई रिट निवेदन दायर गर्नुभएको थियो । रासस

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. एकदम सकारात्मक आदेश !
    कसैको बिभत्स हत्या गरेर अर्कोले सुख शान्ती र मुक्ती पाउदैन |
    धन्यवाद अधिवक्ता अर्जुन अर्याल जि, तपाईंलाई परमत्माले सुख शन्ती प्रदान गरुन |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button