सडक यातायात व्यवासायी पत्रकारीता पुरस्कार अधिकारीलाई

पोखरा, २१ साउन –

पोखरा बस व्यवसायी समितिले प्रदान गर्दै आएको सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कारबाट यस वर्ष युवा पत्रकार रञ्जन अधिकारी सम्मानित भएका छन्।समितिको २४ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनमा युवा पत्रकार अधिकारीलाई सुक्रबार पोखरामा सम्मान गरिएको हो।

अधिकारीलाई प्रमुख अतिथि नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनाल, पोखरा बस व्यवसायी समितिका कार्यवाहक अध्यक्ष देउप्रसाद गुरुङ, पुरस्कार छनौट समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले अधिकारीलाई नगद १० हजार, ताम्रपत्र, दोसल्लाले सम्मान गरेका हुन् ।

पुरस्कार छनौट समितिका संयोजक रहेका नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारिताको माध्यमबाट यातायात संघसंस्था, व्यवसायी, मजदुर तथा आम उपभोक्तालाई सु–सुचित, सचेत एवं जिम्मेवार बनाउन पुरयाएको योगदानको कदर स्वरुप पुरस्कृत गरिएको बताए ।

सम्मानित भएपछि अधिकारीले पुरस्कारले पत्रकारितामा अझै सशक्त भएर लाग्न प्रेरणा मिलेको बताए ।

समितिले पोखराको पत्रकारिता क्षेत्रलाई प्रोत्साहित गर्दै यातायातको क्षेत्रमा काम गर्दै आएको पत्रकारलाई प्रत्येक वर्ष संघको वार्षिकोत्सवमा पुरस्कार प्रदान गर्दै आएको छ। सो अवसरमा उत्कृष्ट चालक, कर्मचारी, एसएलसीमा उत्कृष्ट अंक ल्याउने व्यवसायी, मजदुरका छोराछोरीलाई सम्मान गरिएको थियो।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button