कृषि क्षेत्रका विज्ञबाट प्रधानमन्त्रीलाई बधाई ज्ञापन

काठमाडौं, २२ साउन –

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कृषि क्षेत्रका विज्ञ एवं कर्मचारीको टोलीले भेटी बधाई ज्ञापन गरेको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटी बधाई तथा शुभकामना ज्ञापन गरेको हो । सो अवसरमा बधाई ग्रहण गर्दै प्रधानमन्त्रीले कृषि क्षेत्र राष्टिय अर्थतन्त्रको मेरुदण्ड भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, कृषि क्षेत्र देशको महत्वपूर्ण आर्थिक मेरुदण्ड हो । यस क्षेत्रको विकासका लागि यहाँहरुले दिएको सुझावका आधारमा काम हुनेछ ।

बधाईको अवसरमा नेपाल राष्टिय कर्मचारी संगठन सम्वद्ध विज्ञहरुले कृषि क्षेत्र र मन्त्रालयसँग सम्वद्ध समस्या र चुनौतिबारे अवगत गराउनुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button