प्रम दाहाललाई श्रीलङ्काद्वारा बधाई

काठमाडौँ, २२ साउन –

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिंगेले बधाई र सफल कार्यकालको शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री दाहाललाई विक्रमसिंगेले आज बिहान टेलिफोन गरी उहाँको कार्यकालमा नेपालको संविधान कार्यान्वयन र राष्ट्रिय समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री दाहालको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले अगामी दिनमा नेपाल र श्रीलङ्काबीचको आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै बधाईका लागि धन्यवाद दिनुभएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button