राष्ट्रिय एकतालाई मजबुत बनाउनु जरुरी

ललितपुर, २२ साउन –

उपराष्ट्रपति नन्दबहादुर पुनले देशको आन्तरिक एकतालाई मजबुत बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

किराँत राई यायोक्खा केन्द्रीय समितिद्वारा आज यहाँ आयोजित २९ औँं स्थापना दिवसमा उहाँले लामो समयको सङ्घर्षबाट प्राप्त संविधानको रक्षा गर्नु जरुरी रहेको बताउनुभयो । “एकले अर्काको पहिचानलाई स्वीकार गरेर राष्ट्रिय एकता कायम गर्नु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो ।

सो अवसरमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष चन्द्रबहादुर गुरुङले देशभरि रहेका आदिवासी जनजातिका लागि शिक्षा, रोजगारी लगायत क्षमता अभिवृद्धि गराउन सम्बधित निकायबाट पहल गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार विद्यावारिधि गर्नुभएका डा जनक राई तथा कैलाश राई, दोभान राई र नेत्रमणि दुमी राईलगायतलाई सम्मान गरिएको थियो ।

यसैगरी राई भाषा उत्थानका लागि पत्रकारिता मार्फत योगदान पुरयाएबापत ‘नेपाल टेलिभिजन’का पत्रकार गजुरधन राई र ‘गोरखापत्र’का तिलक राईलाई क्रमशःरु २५ हजार र आठ हजार सहित सम्मान गरिएको थियो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button