‘संविधान कार्यान्वयन र निर्वाचन हुन नदिने षड्यन्त्र’

भक्तपुर, २२ साउन –

नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन षड्यन्त्र अहिले भइरहेको बताउनुभएको छ ।

एमाले अनन्तलिंगेश्वर नगरपालिका– १४ कमिटीले गुन्डुको किवाचोमा आयोजना गरेको प्रशिक्षण एवम् पार्टी प्रवेश कार्याक्रममा उहाँले त्यस्तो षड्यन्त्रलाई एमालेले चिर्नेछ भन्नुभयो ।

“संविधान कार्यान्वयनका लागि २०७४ माघभित्र सबै निर्वाचन सम्पन्न गरिसक्नुपर्छ तर अझै पनि संविधान कार्यान्वयन हुन नदिने र निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको छ, त्यसविरुद्ध एमाले चुप लागेर बस्दैन ”, उहाँले भन्नुभयो । उहाँले ओली नेतृत्व सरकारले प्रभावकारी काम गर्दा कतिपय पार्टीलाई प्रिय नलागेका कारण एमालेलाई सरकारबाट हटाउने षड्यन्त्र र दाउपेच गरिएको विचार राख्नुभयो।

कार्यक्रममा पूर्वउद्योगमन्त्री तथा एमाले नेता महेश बस्नेतले प्रधानमन्त्री ओलीले सरकार छाड्ने बेलासम्म पनि नेपालको राष्ट्रियतालाई विदेशीसामु झुक्न नदिएको बताउनुभयो ।

कार्यक्रममा सांसद केदार सञ्जेल, एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथला, एमाले २ नं क्षेत्रीय कमिटी सदस्य रवीन्द्र सापकोटा, नेता भाइकृष्ण श्रेष्ठ लगायतले समयमै निर्वाचन गराउन एमालेले सरकारलाई दबाब दिनुपर्ने औँल्याउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button