नयाँ झारले फेवाताल ढाक्यो – पर्यटक मर्कामा

सरोकारवाला निकायहरु  मौन , कतिपय पर्यटकहरु डुंगा सयर गर्नै मान्दैनन

दिननाथ बराल
पोखरा २२, साउन
पोखराको मुख्य पर्यटकियस्थल फेवातालमा नयाँ जातको झारले फेवातालको माथिल्लो भाग ढाकेको छ । यस अघिका बर्षमा मुख्य गरी जलकुम्भी झारले फेवातालको माथिल्लो भागमा ढाक्ने गरे पनि यस बर्ष जलकुम्भी भन्दा बढी नयाँ प्रजातिको वन्दा झारले फेवातालको माथिल्लो भाग नै ढाकेको फेवा डुंगा व्यावसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।

फेवातालमा वन्दा र जलकुम्भी झारले ढाक्दा डुंगा यसर गर्न कठिन भएको नेपालीले बताए । उनले भने“ यस्तो अबस्थामा हामीले अन्य पर्यटकहरुलाई राम्रोसंग फेवातालमा घुमाउने सक्ने अबस्था छैन, जति सक्दो छिटो सरोकारवाना निकायले यसको समस्या समाधान गरी हामीले पर्यटकहरुलाई घुमाउने वातावरण तयार गर्नु पर्यो ।” पछिल्लो एक दशक देखि पोखराको फेवातालको सिरान भाग हर्पनखोला,भकुण्डे लगायतको क्षेत्रमा जलकुम्भी र अन्य जातको झार देखा पर्दै आएको डुंगा व्यावसायी वद्री बरालले बताए । फेवाताल पारि डुंगा घाट व्याबस्थापन समितिका अध्यक्ष समेत रहेका बरालले पछिल्लो बर्ष देखि फेवातालमा बर्षायादको समयमा जलकुम्भी झार सहितका अन्य झारहरु फैलिएकोले आफुहरुलाई डुंगा सयर गराउन समेत कठिन हुने गरेको गुनासो गरे । उनले भने “ फेवातालको माथिल्लो सतहमा पानी देखिनु पर्नेमा हरीयो विभिन्न जातको झार देख्दा पर्यटकहरु डुंगा सयर गर्न कतिपयले मान्दैनन  भने हामीलाई पनि केहि पर्यटकलाई तालमा घुमाउन पनि निकै कठिन हुने गरेको छ । ” फेवाताल राष्ट्रिय सम्पदा भएकोले यसमा सरकारले गम्भीर भएर लाग्नु पर्ने उनले बताए ।

fewa lake polution 2
जलकुम्भी र वन्दा झारले ढाकिएको फेवातालको बिच भागमा रहेको तालवाराही मन्दीरमा डुंगा सयर गरेर दर्शन गर्न जार्दै गरेका आन्तरीक पर्यटकहरु ।

पोखरामा फेवातालको संरक्षण गर्ने नाममा दुई दर्जन भन्दा बढी संघ सस्थाहरु रहेका छन । फेवातालको सिरानको भागमा हिउदको समयमा जलकुम्भी झारलाई निकालेर निर्मुल पार्न सके बर्षायामको समयमा फेवातालमा यस्तो झार फैलनबाट रोक्न सकिने स्थानीय कृष्ण प्रसाद पहारीले बताए । ७४ बर्षीय पहारीले भने “पहिला हामीले त्यही फेवातालमा मोहोर खस्दा पौडी खेलेर निकाल्ने गरेको फेवाताल आज फोहोर मैला र विभिन्न जातको झारले भरीदा पनि स्थानीय निकाय मौन छ ।”

फेवातालको फिस्टेल घाट, अम्वोट, गौरी, बाराही, पहारी, फेवा, हल्लनचोक, गौरीको चौतारा, भकुण्डे र ड्यामसाईडको घाटमा हाल जलकुम्भी र नयाँ वन्दाको झार फैलिएकोले डुंगा सहज ढंगले संचालन गर्नं सक्ने अबस्थामा नभएको फेवा डुंगा व्यावसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए । उनले भने “माघ, फागुन महिनामा फाल्नु पर्ने जलकुम्भी झार आर्थिक अभावका कारण फाल्न नसके पछि हाल फेवातालको चारै तिर जलकुम्भी झार सहित अन्य बिभिन्न प्रकारको झारले फेवातालको स्वरुप नै विगारेको छ भने हामीले राम्रो संग डुंगा व्यावसाय गर्न सक्ने अबस्था छैन । ”

fewa lake polution 1
फेवातालमा हाल फैलिएको जलकुम्भी र नयाँ जातको वन्दा झार

फेवाताल संरक्षण गर्ने उद्धेश्यले स्थापना भएको फेवाताल संरक्षण कार्यालयले पनि फेवातालमा हरेक बर्ष निस्कले जलकुम्भी र अन्य जातको झारलाई दृर्घकालिन ढंगले व्याबस्थापन गर्न सकेको छैन भने पोखरा उपमहानगरपालीका कार्यालय र जिल्ला विकास समिति पनि फेवातालको संरक्षणको बिषयमा खासै ध्यान दिएको पाईदैन । फेवातालमा हाल १० वटा डुंगा घाट रहेका छन । फेवातालमा करीब ७ सय डुंगा रहेका छन भने ३ सय ५६ जना प्रत्यक्ष डुंगा व्यावसायीहरु रहेको डुंगा व्यावसायी कृष्ण गिरीले बताए । फेवातालको विच भागमा रहेको तालवराही मन्दीर दर्शन गर्न जाने भक्तजनहरुको लागि मुस्कीलले डुंगा संचालन गर्दै आए पनि फेवाताल डुंगामा घुम्न चाहाने पर्यटकहरुलाई घुमाउन नसक्ने अबस्था भएको डुं्रगा व्यावसायीहरु बताउछन । फेवातालमा पुर्वतर्फबाट छाल चल्दा पश्चिम क्षेत्रफेवा फाँट र पश्चिमबाट हावा चल्दा गौरीको चौतारा क्षेत्रमा जलकुम्भी सहितको अन्य झार पुग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button