सहारा एकेडेमीलाई नगद तथा जर्सी सहयोग

पोखरा, ९ भदौ –
पोखरा–१७ दोविल्लामा रहेको सहारा एकेडेमीलाई नगद तथा जर्सी सहयोग प्राप्त भएको छ ।

एकेडेमीमा रहेका बालकहरुको लागि एक कार्यक्रमका बिच सहारा यु.के.का कार्यसमिति सदस्यद्धय ओम गुरुङ्ग र धनु (पुरन) थकालीले सहयोग प्रदान गरेको क्लवले जनाएको छ । ओम गुरुङ्गले १३ थान जर्सी र धनु (पुरन) थकालीले क्लबद्धारा संञ्चालित अक्षय कोषमा एक लाख एक रुपैयाँ सहयोग प्रदान गरेको क्लवका महासचिव केशवराज बरालले बताए ।

सो अवसरमा पूर्व राष्ट्रिय गोल रक्षक ओम गुरुङ्गले एकेडेमीका प्रशिक्षार्थीहरुलाई खेलकुदको साथ साथै पढाईमा समेत ध्यान दिनुपर्ने बताए । धनु (पुरन) थकालीले देश विदेशबाट प्राप्त सहयोगको प्रतिफल एकेडेमीका प्रशिक्षार्थीहरुले दिनुपर्ने बताए । क्लबका अध्यक्ष वीरभद्र आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष केशब बहादुर थापाले स्वागत तथा क्लबको बर्तमान गतिविधि जानकारी गराएका थिए । सहारा क्लब पोखराको ड्रिम प्रोजेक्ट सहारा एकेडेमीमा हाल १६ जिल्लाका २८ जना वालकहरु रहेका छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button