तिज उत्सव सहित लायन्सको सप्ताह कार्यक्रम शुक्रबार समापन हुने

पोखरा, ९ भदौं –

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा भोलि सुक्रबार लायन्स क्लव अफ सेति गण्डकीको तिज उत्सव सहित एक हप्ते कार्यक्रमको समापन हुने भएको छ ।

पोखराको रानीपौवामा रहेको रन्जीत इभेन्ट सेन्टरमा तिज उत्सव सहित एक हप्ते कार्यक्रमको औपचारीक रुपमा सुक्रवार समापन हुने भएको क्लवका अध्यक्ष सुनयना पालिखेले बताईन । क्वलको एक हप्ते कार्यक्रम अन्र्तगत विहिबार समाज रुपान्तरणका लागि लायन्स भन्ने विषयमा रेडियो अन्नपुर्णमा मध्यान्हः १२ः१५ देखि २ बजेसम्म विशेष कार्यक्रम आयोजना गर्यो । रेडियो अन्नपुर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले संचालन गरेको कार्यक्रममा लायन्स डिष्ट्रिक्ट गभर्र्रनर ३२५ बी वानका डिष्ट्रिक्ट गभर्रनर वालकृष्ण वुर्लाकोटी, लायन सुचित्रा थापा, दुर्गा ढकाल, देवकुमारी हिराचन, अध्यक्ष पालिखे लगायतले लायन्स क्लवले हालसम्म गरेका र भोलिका दिनमा समाजमा गर्ने सामाजि कार्यको बारेमा जानकारी गराएका थिए ।

त्यसै गरी कार्यक्रममा तनहुँ भिमादको वालज्योति प्राविका प्राध्यानाध्यापक दिप नारायण तिवारी, अकला प्राविका प्राध्यानाध्यापक जानवी आचार्य, नारायणथान मन्दीरमा रहेको श्री महर्शी वेद बिद्याश्रमका कृष्ण प्रसाद सुवेदीले लायन्स क्लवहरुले सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशम्सा गर्दै आगामी दिनमा सहयोग गर्न आग्रह गरे । क्लवले क्यान्सर रोगको बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी गरेको छ भने शिक्षा, स्वास्थ्य, जेष्ठनागरीक, अनाथ असायहरुको हकहितको लागि विभिन्न कार्यक्रम गर्ने भएको क्लवका अध्यक्ष पालिखेले बताईन । बुधबार क्लवले पोखरा छिनेडाँडामा रहेको वात्सायन बृद्धाश्रममा खाद्यन्न तथा ग्याँसगिजर वितरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button