सभापति देउवा उपचारका लागि सिङ्गापुर प्रस्थान

काठमाडौँ, १० भदौ –

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर जानुभएको छ ।

सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ आज दिउँसो सिङ्गापुर प्रस्थान गर्नुभएको उहाँका स्वकीय सचिव भानु देउवाले राससलाई जानकारी दिनुभयो ।

पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर जानुभएका सभापति देउवा यही भदौ १६ गते स्वदेश फर्कनुहुनेछ । काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने १३ जना मन्त्रीको शपथपछि उहाँ आज त्यसतर्फ जानुभएको हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button