काँहुमा तीज मेलाको तयारी

पोखरा, १० भदौ –

तीजको अवसरमा जनकल्याण क्लब पोखरा – २१ ले भदौ १९ गते १२ औ तीज मेला – २०७३ गर्ने भएको छ।

स्थानीय कालिका माविमा हुने मेलामा खुल्ला तीज गित प्रतियोगिता, रस्साकसी, कुर्ची दौड, बाल कार्यक्रम, घैटो फुटाई, पेनाल्टी सुटआउट लगायतका गतिविधि हुने छन्।

जिनियस मल्टि टेक्निकल इन्ष्टिच्युट प्रालि पोखरा मुख्य प्रायोजक रहने मेलामा तीज गित प्रतियोगितातर्फ झण्डै ४० टिमले सहभागिता जनाउने अनुमान गरिएको छ।

परम्परा तथा लोक संस्कृतिको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्वन लगायतका उदेश्यले मेला आयोजना गर्न लागिएको हो।मेलामा तीज गिततर्फ प्रथम हुनेलाई २० हजार, द्वितियलाई १२ हजार, तृतियलाई सात हजार, सान्त्वनालाई तीन हजार पाँच सय र उत्कृष्ट नृत्य-भेषभुषालाई एक हजार पाँच सय÷एक हजार पाँच सय प्रदान गरिने छ।

त्यस्तै, रस्साकसीमा प्रथमलाई आठ हजार, द्वितियलाई तीन हजार, कुर्ची दौड, बाल कार्यक्रम, घैटो फुटाई, पेनाल्टि सुटआउट विजेतालाई तीन हजार पाँच सय-तीन हजार पाँच सय प्रदान गरिने छ।

कार्यक्रमको तयारीका लागि राजेशबहादुर कार्की संयोजक तथा राजुबहादुर खत्री उपसंयोजक रहेको मूल आयोजक समिति र विभिन्न ११ वटा उपसमिति गठन गरिएको छ।

प्रचार प्रसार, अर्थ संकलन, टिम दर्ता लगायतका कार्य तिव्र पारिएको छ मूल आयोजक समितिका संयोजक राजेशबहादुर कार्कीले भने – ‘मेला सफल बनाउन सबैको सहयोग आवश्यक छ।’ मेला सम्पन्न गर्न झण्डै तीन लाख खर्च लाग्ने अनुमान गरिएको छ।

मेलाबाट बचत भएको रकम काँहुका बालबालिकालाई निःशुल्क ट्युसन पढाउन तथा बेरोजगार युवालाई रोजगार बनाउनका लागि सिपमूलक तालिममा खर्च गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button