फुटबल र क्रिकेट खेलको लेवल वान आधारभूत प्रशिक्षण तालिम पोखरामा सुरु

पोखरा, ११ भदौं –

फुटवल र क्रिकेट खेलको लेवल वान आधारभूत प्रशिक्षण तालिम पोखरामा आज (शनिबार) देखि सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा ८ बर्ष देखि १२ बर्ष उमेर समुहका वालवालीहरुको लागि फुटवल र क्रिकेट उक्त तालिम पोखरामा सूरु भएको हो ।

cricket

हरेक शनिबार विहान ७ बजे देखि ९ः३० बजेसम्म पोखरा रंगशालामा संचालन हुने उक्त तालिममा शम्भु केसी र चन्द्र गुरुङले फुटवलको प्रशिक्षण गराउदै छन । त्यसै गरीे रिजन प्रजु र विधान श्रेष्ठले क्रिकेट खेलको प्रशिक्षण गराउने भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति प्रशिक्षण विभागका प्रमुख बिद्या मर्सानीले बताए । पोखरा क्षेत्रका सामुदायिक तथा निजी बिद्यालयका छात्र-छात्राहरु गरी करीब फुटवल तर्फ ४० र क्रिकेटतर्फ ४० जनाको सहभागिता रहेको मर्सानीले जनाए । ५०-५० जनासम्म प्रशिक्षण गराउन सकिने भएकोले आगामी शनिबार भित्र केहि सिटको लागि फुटवल तथा क्रिकेट खेलको लागि दर्ता गराउनसकिने भएको समितिले जनाएको छ । ७ महिना हरेक शनिबार गरी ३० हप्ता उक्त तालिम हुने भएको हो ।

यसै बिच, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले ऊ तालिमको उद्घाटन गर्दै यस्तो तालिमले खेलकुदको तल्लो स्तरबाटै विकास हुने बताए । समितिका विभागिय प्रमुख मर्सानीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछाने, कास्की जिल्ला
क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजु लगायतले वोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button