‘विशिष्ट व्यक्तिले पनि नेपालमै उपचार गराउनुपर्छ’

काठमाडौँ, १६ भदौ –

स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफू सबै विशिष्ट व्यक्तिले नेपालमै उपचार गराउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभएको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मलेनमा उहाँले नेपालमा उपचार हुन नसक्ने खालका रोग बाहेक अन्य रोगको नेपालमै उपचार गराउनुपर्ने परम्परा बसाल्न आफू लाग्ने बताउनुभयो । नेताहरुको नेपालमै उपचार हुने रोगको पनि विदेश गएर उपचार गराउने प्रवृतिले राज्यको आर्थिक भार बढेको उहाँको भनाइ थियो ।

सबै स्वास्थ्य संस्थामा तत्काल औषधि पुरयाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिइसकेको बताउँदै उहाँले भन्नुभयो, “मैले प्रधानमन्त्रीको चाहनाअनुसार सबै स्वास्थ्य संस्थामा चिकित्सक र सबै स्वास्थ्य संंस्थामा औषधि पु¥याउने विषयमा तत्काल काम सुरु गर्न भनिसकेको छु ।”

उहाँले डा गोविन्द केसीले उठाएको मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले जिम्मा लिने भन्ने विषयमा पनि सकारात्मक रुपमा वार्ता अगाडि बढिरहेको जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button