पोखरा, २० भदौ –
हरितालिका तिज पर्वको दिन हिजो आईतबार स्कुटरबाट लडेर पोखरामा एक जना युवाको ज्यान गएको छ ।
ग ९ प ३८९६ नम्वरको स्कुटर चालक गोर्खा आरुपोखरी घर भई पोखरा १० रामबजार बस्दै आएका २४ बर्षीय श्यामु बरामुको स्कुटर दुर्घटनामा परी मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।
आइतबार बेलुका करीब ९ बजेको समयमा रामबजार पेन्सनक्याम्प क्षेत्रको सडकमा हाक्दै गरेको स्कुटर अनियन्तित्र भई सडकमा लड्न पुग्दा घाइते भएका उनको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीयले बताए । उनको शव हाल पोष्टमाटमको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ । स्कुटर चालक बरामु राति सडकमा दुर्घटनामा परी लडेको अबस्थामा स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुराएका थिए ।





