
पोखरा, २० भदौ –
रात्रिकालिन बस सेवाको रुट परमिट नपाए आन्दोलन गर्ने पोखरा क्षेत्रका व्यावसायीहरुले चेतावनी दिएका छन । नेपाल राष्ट्रिय यातयात व्यवसायी महासंघ गण्डकी अञ्चलका सह–संयोजक योगेन्द्र बहादुर केसीले नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावली पर्व अघि नै यातयात व्यावस्था अञ्चल कार्यालयबाट सहज ढंगले रात्रि कालिन बस सेवाको लागि रुट परमिट नदिए आफुहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन।
आफुहरुले गण्डकी धौलागिरी यातयात व्यावस्था कार्यालय पोखराबाटै रात्रिकालिन बस सेवाको रुट प्रमिट माग गर्दा हाल नपाएकोले आफुहरुसंग रुट परमिट पाएका न्युन सङख्याका बसहरु मात्र भएकोले यात्रुकोहरुको सेवालाइृ मध्यनजर गरी सेवा संचालन गर्न नसक्ने भएको केसीले बताए । पहिला दिवा बसबाटै रात्रि कालिन रुट परमिटको आधारमा सेवा दिदै आएको बताएका केसीले नयाँ नियम परिमार्जन भएसंगै स्थानीय स्तरबाट अधिकार प्रत्यायोजन गर्नुपर्ने माग गरे ।
उनले भने “ हाल हाम्रा ३० प्रतिशत मात्र बसहरु रात्रिकालिन रुट परमिट पाएका छन भने अन्य दिवा सेवाले रात्रि कालिन सेवा दिदै आएको खण्डमा अब यातयात व्यावस्था कार्यालयले हामीलाई सहज ढंगले रात्रिकालिन बस सेवाको रुट परमिट नदिए हामी बाध्य भएर रात्रिकालिन कुनै पनि बस सेवा संचालन गर्न सक्दैनौं ।” पृथ्बीराजमार्ग बस संचालक समितिका महासचिव समेत रहेका सहसंयोजक केसीले समितिमा हाल ३५ वटा बसहरु देशका धेरै क्षेत्रमा रात्रिकालिन सेवा दिदै आएको बताए । दशैं र तिहार पर्वलाइृ लक्षित गरी भदौं २१ गतेबाट अग्रिम बुकिङ लिने कार्यक्रम पनि रुट परमिट नमिलेको कारणले गर्दा हाल स्थगीत गर्नु परेको केसीले जनाए । समितिबाट छोटो तथा लामोदुरीका हाल दैनिक जसो ३ सय ९५ वटा वसहरु दिवा सेवमा संचालन हुदै आएका छन । दशैं तथा तिहार पर्वका अवसरमा एक महिना जसो अग्रिम बुकिङ सहित यातयात व्यावसायीहरुलाई यात्रु बोक्न भ्याई नभ्याई हुन्छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारीले तत्तकाल महासंघ रात्रिकालिन रुट परमिटकोे बिषयलाई लियर आन्दोलनमा जाने तयारी नगरेको जनाएका छन । विभागले तोकेको बसहरुले चुस्त दुरुस्त व्यवसायीहरुले सेवा दिनु पर्ने उनले बताए ।
गण्डकी धौलागिरी यातयात व्यावस्था कार्यालय पोखराका प्रमुख भरत पौडेलले यातयात विभागले प्रविधिक परिक्षण गरी सहमति दिएको खण्डमा मात्र आफुहरुले रुट परमिट दिने गरेको बताए । विभागले अधिकार केन्द्रीकृत भएको कारले गर्दा पनि रुट परमिटरमा थप समस्या आएको हो । यस क्षेत्रमा रात्रि कालिन वस सेवा संचालनको लागि विभागसंग रुट परमिटको लागि पश्चिमाञ्चल क्षेत्रिय प्रशासकसंग समन्वय गरी अनुरोध पत्र पठाएको पौडेलले तबाए । उनले भने “ दशैं र तिहार पर्वको मुखमा हामीले पनि जति सक्दो धेरै बसहरुलाई रुट परमिट दिन चाहेका छौं, यात्रुहरुले सहज सुविधा दिनको लागि व्यवसायीहरु पनि यसा गम्भीर हुनु पर्द ।”
यातायात व्यवस्था विभागले कास्की जिल्ला भित्र र छिमेकी जिल्लाका केही ठाउँसहित ५२ सडकमा अस्थायी बाटो कायम गरी भाडादर कायम गरेको छ । कास्की भित्र ३७ वटा सडक र पोखरादेखि छिमेकी जिल्लाका विभिन्न ठाउँमा पुग्ने १५ वटा सडकसहित ५२ वटा रुट कायम भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारीले जानकारी दिए । कानुनले तोकेको भन्दा बढी यात्रु बोकेमा वा कानुनले रोक लगाएका गैर सामग्री ओसार पोसार गरेमा यातायात व्यवसायी महासंघले कुनै जिम्मेवारी नलिने र त्यस्ता व्यवसायीलाई कारबाही गरिने उनले बताए ।





