
पोखरा, २२ भदौ –
करीब १४ बर्ष पछि पोखरामा पहिलो पटक लोक्कल सिटि टुर गाईड सम्बन्धि तालिम आयोजना भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा १४ बर्ष पछि पहिलो पटक यस्तो तालिम आयोजना भएको परिषदका अध्यक्ष सोम थापाले बताए ।
धेरै लामो समय पछि आयोजना भएको तालिममा सहभागि हुनेहरुको सङख्या ह्वात्तै बढे पछि परिषदले पहिलो चरणको परिक्षा लिएर एक सय जनाबाट ४१ जनालाई मात्र छनौट गरेको महासचिव रामु गौतमले बताए । दश दिन सम्म चल्ने उक्त तालिममा ८ दिन सैदान्तिक र दुई दिन व्यवहारीक तथा फिल्ड भिजिट हुने गरी गराउन लागिएको गौतमले बताए । टुरिस्ट गाइड भगवती पुनले विगत एक दशक देखि टुरिस्ट गाईड गर्दै आए पनि यस्तो प्रकारको तालिम पहिलो पटक लिने मौका पाएको बताइन । नवलपरासि घर भएकी पुनले तालिममा सिकेका कुराले व्यवहारमा उतार्दै नेपालको पर्यटकको बसाई लम्माउनमा आफुहरुले उनीहरुलाई राम्रोसंग बुझाउने तथा घुमफिर गराउने बताइृन ।

परिषदका अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टका प्रमुख कृष्ण खरेल, नेपाल पर्यटन बोर्ड पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका प्रमुख उदय बहादुर भट्टराइ, परिषदका पुर्व अध्यक्ष डम्मर केसी, टिकाराम सापकोटा, उपाध्यक्ष चिरन्जिवी पोखरेल, महासचित रामु गौतम लगायतले पर्यटन प्रवद्र्धनमा टुरिस्ट गाईड सम्बन्धि तालिम निरन्तर आवश्यक भएकोमा जोड दिए ।





