अडियो नोटिस बोर्ड सेवा सुरु

काठमाडौँ, २२ भदौ –

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अडियो नोटिस बोर्ड’ सेवा सुरु गरेको छ ।

अब सर्वसाधारणले नेपालको संस्कृति, पर्यटन र नागरिक उड्डयनसम्बन्धी सूचना टेलिफोन वा मोबाइल फोनबाट १६१८०१४२११६६९ नम्बर डायल गरेपछि प्राप्त गर्न सक्नेछन् ।

उक्त अडियो नोटिस बोर्डमा आर्थिक वर्ष २०७३-७४ को शैक्षिक कार्यक्रमअनुसार महाकवि देवकोटा पुरस्कार र पुष्पलाल राष्ट्रिय पुरस्कारका लागि आवेदन खुला गरिएको सूचना राखिएको छ ।

नेपाल टेलिकमले प्रदान गरेको यो सुविधामा साधारण टेलिफोन सेटबाटै सूचना अद्यावधिक गर्न सकिने हुँदा सेवा दिने सार्वजनिक वा निजी क्षेत्रमा समेत यो सेवा लोकप्रिय हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताउनुभयो ।

विद्युत् कटौतीको समयमा पनि सञ्चालन हुने यो सेवा सूचना प्रवाहको भरपर्दो माध्यम बन्ने विश्वास गरिएको छ । प्रवक्ता उपाध्यायका अनुसार मन्त्रालयको मात्र नभई मन्त्रालयअन्तर्गतका निकायमा समेत अडियो नोटिस बार्ड सेवा सुरु गर्न पत्राचार गरिसकिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button