एनसिई नेपालको सचिवमा केशव पाठक

पोखरा , २४ भदौ –

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालको सचिवमा केशव पाठक चएन भएका छन् । बिहिवार काठमाण्डौमा सम्पन सातौ  साधारणसभाले  बाल मजदुर सरोकार केन्द्रका कुमार भट्टराईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो  ।

शिक्षामा काम गर्ने २५० भन्दा बढी संस्था आबद्ध सो अभियानको उपाध्यक्षमा शारदादेवी कुमाल र शुभेन्द्रमान श्रेष्ठ, महासचिवमा डिल्लीराम सुवेदी र कोषाध्यक्षमा सान्त्वना देवकोटा चयन भएका छन्  ।

सस्थाका सदस्यहरुमा निवर्तमान अध्यक्ष रामकुमार गन्धर्व (पदेन), प्रकाश सिलवाल, डा नारायण काफ्ले, बाबुराम थापा, लवराज वली, सफला राजभण्डारी, सत्या कुँवर, शारदा शर्मा, राजेन्द्र पहाडी, रामनरेश साह र टीकाराम आचार्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button