
पोखरा, ३० भदौ –
सहारा क्लब पोखराले सहारा खेलकुद पत्रकारीता पुरस्कारबाट पत्रकार एम बी आस्थालाई सम्मान गरेको छ । क्लबकोे १८ औं बार्षिकोत्सब तथा साधारणसभाको अबसरमा विहीबार आस्थालाई सम्मान गरिएकोे हो ।
विगत डेढ दशकदेखि क्रियाशिल रुपमा पत्रकारिता गर्दै आएका आस्थालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र सहारा क्लबका अध्यक्ष विरभद्र आचार्यले नगद १५ हजार ५ सय ५५ रुपैया, दोसल्ला, सम्मानपत्रले सम्मान गरेका हुन् ।
सो अवसरमा वोल्दै अध्यक्ष श्रेष्ठले खेलकुद बिकासकालागि दिर्घकालिन सोच आवश्यक्ता रहेको बताएका छन । उनले खेलकुद व्यवसायिक बनै गइरहेको भए पनि खेलाडीको जिवन स्तर माथी नउठे सम्म खेलकुदको विकास नहुने वताए । उनले खेलकुदमा राज्यको न्युन लगानी र उदासिनताले खेलकुदको विकास हुन नसकेको बताए । खेलकुद विकासका लागि राज्यले ठोस निती अगाल्न नसक्नु खेलाडीका लागि जिबन निर्वाह गर्ने आधार स्थापित हुन नसक्दा अन्तर्राष्ट्रिय स्तरमा पदकको सम्भावना न्युन रहेको उनको भनाई थियो । उनले मुलुक यति बेला तरलतामा अघि वढेको वताउँदैे मुलुकको समृद्धी, एकता, शान्ती र स्थिरताका लागि खेलकुद महत्वपुर्ण आधार रहेको बताए ।
कर्यक्रममा पर्यटन व्यवसायी मदन केसी, सहारा हलवका सल्लाहाकार एवम एनआरएन युकेका अध्यक्ष मुक्षेत्र गुरुङ्ग, क्लबका वरिष्ठ उपाध्यक्ष केशब थापा लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा ब्लवका महासचिव केशबराज बरालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहारा क्लब पोखराले स्थापना गरेको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यस अघि १० जना पुरस्कृत भैसकेका छन् । २०६३ सालमा स्थापित सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि कुलचन्द्र न्यौपाने , धन बस्नेत, विनोद लामिछाने, प्रेम नारायण न्यौपाने, राम गुरुङ्ग, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल सम्मानित भैसकेका छन् ।
कास्की जिल्लालाई कार्यक्षेत्र बनाई कम्तिमा ५ बर्ष निरन्तर पत्रकारिता पेशामा आबद्ध र खेलकुद पत्रकारितालाई उच्च प्राथमिकता प्रदान गर्ने पत्रकार मध्येबाट एक जनालाई बार्षिकोत्सबको अबसरमा क्लबले पुरस्कार प्रदान गर्दै आएको छ ।
त्यस्तै क्लबले बार्षिकोत्सबको अबसरमा सहारा उत्कृष्ट पुरस्कारबाट संस्थाका साधारण सदस्य सुनिता गुरुङ्गलाई सम्मान गरेको छ । कार्यक्रममा क्लबले सञ्चालन गरेको सहारा फुटवल एकेडेमीमा रहेका ६ जना वालकलाई पढाईमा उत्कृष्टता हासिल गरेवापत सम्मान गरिएको थियो । क्लबले सहारा निमावी सञ्चालनको सहयोगार्थ ५१ हजार ५१ रुपैया समेत हस्तान्तरण गरेको छ ।





