पोउवा संघको महाधिवेशनमा मतदान सुरु

पोखरा –

पोखरा उद्योग वाणिज्य संघको ३१ औं महाधिवेशन अन्तगर्त नयाँ कार्यसमिति चयनको लागि मतदान सुरु भएको छ । बिहान ८ : २५ बजेदेखि मतदान सुरु भएको हो । मतदानको समय दिउँसो ४ : २५ बजे सम्म तोकिएको छ । मतदानको लागि पोखरा उद्योग वाणिज्य संघ मतदाता लामवद्ध भएका छन् ।

निर्वाचन समितिका अनुसार खुल्ला १० सदस्यमा दशै जनालाई मतदान गनुपर्ने छ यदी कम वा बढीलाई मतदान गरेको बदर हुनेछ । मतदानको लागि ८ वटा मतपत्र तयार गरिएको छ भने पाँच वटा मत पेटीका राखिएको छ ।

pcci-2

अध्यक्षको लागि एउटा, वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्य उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्षको लागि २ वटा, एउटा कार्यसमिति सदस्य र एटा बस्तुगत सदस्यको लागि मतपेटिका राखिएको छ । अध्यक्षका प्रत्यासी विश्वशंकर पालिखेले १ नम्बरमै मतदान गरेका छन् ।

संघको ३१ औं अधिवेशनमा अध्यक्षमा विश्वशंकर पालिखे, ईश्वरप्रसाद कर्माचार्य, देव क्षेत्री, धनीराम बराल, नारायण कोइराला र हीरा भट्टराईले प्रतिस्पर्धा गर्दैछन् ।

सघंको वरिष्ठ उपाध्यक्षमा मीनराज काफ्ले र रवीन्द्रबहादुर प्रजुले प्रतिस्पर्धा गर्दै छन् । वाणिज्यतर्फको उपाध्यक्षमा बिन्दु कोइराला सुवेदी,सुरेश अधिकारी र केदारनाथ भट्टराईले प्रतिस्पर्धा गर्दैछन् । उद्योगतर्फको उपाध्यक्षमा गोकर्ण कार्की र सीता गुरुङ, महासचिवमा दामु अधिकारी र लक्ष्मी क्षेत्री पाण्डेले प्रतिस्पर्धा गर्दैछन् । कोषाध्यक्षमा जनकराज पराजुली र पवन प्रजापति, उपमहासचिवमा नवीन बराल, अर्जुन पोख्रेल र धर्मराज अर्याल प्रतिस्पर्धामा छन् ।

pcci-3

१० खुला सदस्यका लागि २१ प्रतिस्पर्धामा छन् । खुला सदस्यमा अनील सिग्देल, किसान सुनार, गीता तिवारी गौतम, देवकृष्ण काफ्ले, प्रेमप्रसाद पौडेल, प्रेमबहादुर भुजेल, पवित्रा गुरुङ, यदुनाथ अधिकारी, सीता बराल, सुरेन्द्रमान बिजुक्छे प्रतिष्पर्धामा छन् । त्यसैगरी हिमालय बख्रेल, गोमा ढकाल, बलराम आचार्य, कुमारीमुना बस्तोला, गिरधारी शर्मा, अर्जुन खनाल, नवराज त्रिपाठी, चीनुकुमारी गुरुङ, हरिराज पन्त र महेश्वर पोख्रेल शिव र कृष्ण रानाभाटले सदस्यमा उम्मेदवारी दिएका छन् ।

कमलबहादुर बस्नेत र नरेन्द्र बास्तोला दुवैजना २ कर्पोरेट सदस्यमानिर्विरोध निर्वाचित भइसकेका छन् । ४ ४ वस्तुगत सदस्यका लागि ८ जना प्रतिस्पर्धामा छन् । गिरधारी अधिकारी, नारायणप्रसाद पौडेल, यमनाथ पौडेल, केपी शर्मा, यमनाथ तिमिल्सिना, तारानाथ ढुंगाना, देवबहादुर भुजेल ‘डिबी’, र माधवप्रसाद पौडेलले प्रतिस्र्धामा गर्दैछन् । उद्योगतर्फको १ सदस्यमा मोहनबाबु खड्का निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचन समिति संयोजक श्रेष्ठका अनुसार अध्यक्षले मनोनित गर्ने ४ र निवर्तमान अध्यक्षसहित संघको कार्यसमिति २९ सदस्यीय हुने विधानमा व्यवस्था छ । उद्योग वाणिज्य संघमा २ हजार ७ सय ४९ मतदाता मध्ये साधारण २ हजार ६ सय २७, उद्योग ४५, कर्पोरेट ५४ र वस्तुगत २३ सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button