नौ सयमा मिर्सा होम स्टे

  • पोखरा न्यूज
  • २०७३ कार्तिक ८
नौ सयमा मिर्सा होम स्टे

पोखरा –

 एउटा सुन्दर गुरुङ वस्ती भएको मिर्सा गाँउ । कास्की माछापुछ्रे गाविसको वडा नम्बर ७ र ८ मा पर्ने मिर्सामा विगत ४ बर्ष देखि घरवास कार्यक्रम (होम स्टे) संचालन हुदै आएको छ ।

अन्नपुर्ण २, अन्नपुर्ण ४ हिमाल, सेतिनदी वगेको नागवेलिको दृष्य, गाँउलेहरुको अतिथि सत्कार, कलासंस्कृति अनि अगानीक खानपानले मोहित पार्न गरेको मिर्सा होम स्टेमा एक रातको ९ सय रुपैया मात्र रहेको छ । प्रति पर्यटक एक रात वसाइ हुने गरी खाजा र खाना सहित वासको ९ सय रुपैया मात्र रहेको छ ।

mirsha

समुद्रिसहत देखि करीब १४ सय फिट उचाईमा रहेको मिर्सा गाँउमा जान तातोपानी खारापानीबाट करीब ३० मिनेटको पैदलबाट पुगिन्छ । मिर्सामा हाल १७ घरमा होम स्टे रहेको स्थानीय वन सुवा गुरुङले बताईन । हाल एक रातमा ४० जनासम्म राख्न सकिने समितिले जनाएको छ । २०६९ साल देखि सुरु भएको उक्त होम स्टेमा एक रात वसेको शुल्क भने गत बर्ष एक सय बढाएर ९ सय पुराईएको मिर्सा होम स्टे व्याबस्थापन समितिका अध्यक्ष बुद्धि कुमारी गुरुङ (नानी) ले बताईन । आफ्नो गाँउमा आउने पाहुनालाइ अर्गानिक खानाको स्वादमा वेलुका सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरीने भएको उनले बताईन ।

गत साउनमा तातोपानी खारापानी क्षेत्रमा गएको पहिरोको कारणले पर्यटकीय गाँउ मिर्सा जाने बाटो अबरुद्ध हुदा विगत ४ महिना देखि होम स्टेमा असर परेको छ । मिर्सा होम स्टे व्याबस्थापन समितिका पुर्व संयोजक सुर्य बहादुर गुरुङले मिर्सा जाने बाटो पहिरोले गर्दा हाल मर्सिामा पर्यटक खासै नआएको बताए । जिल्ला विकास समितिबाट उक्त पहिरो पन्छायर सडकर्म मर्मत गर्ने केहि बजेट विनियोजन भए पनि विगत ४ महिना देखि पहिरोले गर्दा आफुहरुको थप आयश्रोत होम स्टे कार्यक्रम प्रभावित हुन पुगेको गुरुङले जनाए ।

मिर्सा होम स्टे व्याबस्थापन समितिका अध्यक्ष बुद्धि कुमारी गुरुङ (नानी) ले गत बर्षको भुकम्प र नाकावन्दीले असर पारेको होम स्टेलाई यस आर्थिक बर्षको सुरुमै पहिरोले गर्दा पर्यटकहरु मिर्सामा खासै नआएको बताईन । साउन पछि कार्तिकको पहिलो सातामा होम स्टेमा एउटा टिम आउदा आफुहरु निकै हर्सित भएको नानीले बताईन । आईस हक्की संघको १५ सदस्य एक टोली शनिबार एक रात वसाईको लागि गाँउमा पुग्दा गाँउलेहरुले फुलमाला र अविरले उनीहरुलाई स्वागत गरेका थिए । पोखराका उद्योगि व्यवसायी सुर्य बहादुर श्रेष्ठले मिर्सा गाँउ साच्चै राम्रो लागेका कारण आगामी आफुहरुको अन्य कार्यक्रम समेत मिर्सामा आयोजना सोचमा छन । आईस हक्की संघ कास्कीका अध्यक्ष बिद्या मर्सानीले मिर्सा गाँउमा विगत ४ महिना देखि पर्यटक विहिन भएको अबस्थामा आफुहरुको सानो टिम आउदा पनि अतिथि सत्कार गरेकोमा खुसि व्यक्त गरे ।

mirsha-2

तातोपानी खारापानी क्षेत्रमा ठुलो पहिरो गएका कारणले गर्दा सेतिनदी किनारा हुदै मिर्सा गाँउ जानु पर्दछ । कुनै पनि समयमा पहिरो वग्ने भएकोले गर्दा स्थानीयलाइ समेत हाल त्रास भएको अन्नपुर्ण निमाविका शिक्षिका सदिक्षा गुरुङले बताईन । मिर्सा गाँउका एक कृषक पुर्ण बहादुर गुरुङले मिर्सा जाने बाटोमा पहिरो गएका कारणले गर्दा आफुले गाँउमा उत्पादन गरेको मौसमी तथा वेमौसमी फलफुल तरकारी समेत बजारमा विक्रि गर्न कठिन भएको गुनासो गरे ।

अन्तर्राष्ट्रिय आईस हक्की महासंघका परामर्शदाता तथा आईस हक्की संघ फ्रान्सका अध्यक्ष समेत रहेका लुक टारडिफले मिर्सा जाने बाटोमा पहिरो गए पति गाँउको अतिथि सत्कारले गर्दा आफुहरु मिर्सा गाँउसम्म पुगेको बताए । उनले भने “ नेपालको भूवनोट पहाडै पहाडबाट वनेको हुदा पर्यटकीय स्थलमा पुग्ने बाटो अबरुद्ध हुदा समयमै मर्मत संहार हुन सके स्थानीयलाई सहज हुने बताए ।” आफ्नो घर परिवारको जस्तै होम स्टेमा व्यवहार पाएकोमा खुसि व्यक्त गर्दै उनले गाँउमा भएको कला, संस्कृतिलाई निरन्तर संरक्षण गर्न आग्रह गरे । नेपाल आईस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीले नेपालका धेरै पदमार्गहरु विस्थापित हुदै गएको अबस्थामा पोखरा देखि नजिक रहेको मिर्सा होम स्टेले धेरै पर्यटकहरुलाई आकषर्ण गर्ने दाबी गरे । पहिलो पटक होम स्टेमा वस्दा आफुले सुनेको भन्दा धेरै राम्रो व्यावहार मिर्सामा पाएको बताएका शाहिले नेपाली पन झल्कनी वस्तुहरु नै प्रयोग गर्न स्थानीयलाई सुझाव दिए । संघका उपाध्यक्ष एवं पोखराका पर्यटन व्यवसायी मदन केसीले प्रचार प्रसारको कमिले गर्दा पोखरा नजिक रहेको मिर्सा होम स्टे राम्रोसंग फस्टाउन नसकेको बताए । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पर्यटकीय सम्भावना भएका क्षेत्रमा कुनै सडक अबरुद्ध हुदा छिट्टो सडक संचालन गर्नुपर्ने बताए । उनले भने “ अहिलेको यस्तो महङगीको समयमा पनि मिर्सामा नौ सयमा होम स्टे संचालन भएको छ, यसको प्रचार हुन सके आन्तरीक पर्यटन प्रवद्र्धन हुन्छ । ”



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस