पोखरा-
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भोलिदेखि पोखरामा हुने भनिएको केन्द्रीय कार्य समितिको पूर्ण बैठक स्थगित भएको छ ।
यही मङ्सिर ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको उक्त बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हुन लागेको एकीकरणका लागि स्थगित भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
यही मङ्सिर ६ गते प्रज्ञा भवनमा राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको घोषणासभा गर्नु परेकाले आफ्नो पार्टीको केन्द्रीय कार्य समितिको पूर्ण बैठक तथा भ्रातृ सङ्गठनको महाधिवेशन स्थगित गरिएको पार्टीले जनाएको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार आइतबार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक भने काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।
त्यसैगरी, बैठक दुई पार्टीकाबीच हुन लागेको एकीकरणका बारेमा छलफल गरी एकीकरणको प्रयासका लागि विभिन्न क्षेत्र तथा स्थानबाट भएको सहयोगको मूल्याङ्कन गर्दै सैद्धान्तिकरुपमा उक्त सहमति पारित गर्नेछ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution