नेपाल बाहिरि शक्तिमा पर्न सक्ने खतरा छ– अध्यक्ष थापा

  • पोखरा न्यूज
  • २०७३ मंसिर ३०
नेपाल बाहिरि शक्तिमा पर्न सक्ने खतरा छ– अध्यक्ष थापा

कर्मचारीमा पार्टीकरणले देश विग्रिंयो राष्ट्रिय अध्यक्ष राणा

पोखरा –

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले बाहिरि देशको चलखेल र प्रभावले गर्दा नेपाल बाहिरि शक्तिमा पर्न सक्ने खतरा बढेको दाबी गरेका छन ।

राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको पश्चिमाञ्चल विकास क्षेत्र स्तरीय पार्टी एकिकरण घोषणा आम सभामा विहिबार पोखरामा सम्वोधन गर्दै पूर्व–उपप्रधान तथा परराष्टमन्त्री समेत रहेका थापाले देश संकटमा परेका बाहिरि देशकोचलखेलरप्रभावले गर्दा नेपाल बाहिरि शक्तिमा पर्न सक्ने खतरा बढेको दाबी गरेका हुन । योजनावद्ध र संगठीत रुपमा नेपालमा धर्मपरिवर्तन गराउन केहि स्वदेशी तथा विदेशी शक्तिहरु लागेको दाबी गर्दै उनले भने“ देश संकटै संकटमा परेको छ, बाहिरि देशको चलखेल र प्रभावले गर्दा नेपाल बाहिरि शक्तिमा पर्न सक्ने खतरा छ, योजनावद्ध, संगठीत रुपमा डर, भम्की, त्रास दिएर आदिवासि, जनजातिको धर्मपरिवर्तन गराएर नेपालको पहिचान संकटमा परेको छ । ”

देशका ठुला उद्योगहरु प्रभावित भएकोले गर्दा यहाँ रोजगारी नहुदा, देशमा काम गर्ने वातावरण सृजना गर्न नसक्दा दैनिक दुई हजारको हाराहारीमा युवाहरु विदेशीनु निकै दुखलाग्दो कुरा भएको उनले बताए । राष्ट्रिय आवश्यकता र राष्ट्रिय एकताको सुत्रमा बाध्न पनि दुई पार्टीएकिकरण भएको प्रष्ट्याउदै अध्यक्ष थापाले आगमी फागुनमा हुने राष्ट्रिय अधिवेसनको लागि तयारीमा जुट्न वडा÷जिल्लाका पार्टीकार्यकर्तालाई निर्देशन दिए । आफ्नो पार्टी एकिकरणदेशकआवश्यकताभएकोबताउदैथापालेराष्ट्रबादी,प्रजातान्त्रीकपार्टीकोउदयभयसंगै जनताको विकल्पको पार्टीको रुपमा आफुहरु प्रस्तुत हुन लागेको जनाए । माओबादीले एउटा पेस्तोल र भरुवा वन्दुकले १० बर्ष सम्म देशमा डढेलो लाग्दा १७ हजार नेपालीहरुको ज्यान लिएको दाबी गर्दै थापाले अब कुनै डर धम्की दिदैमा जनताहरु नडराउने दाबी गरे ।राप्रपाका राष्ट्रिय अध्यक्ष एवं पुर्व मन्त्री पशुपति शम्सेर राणाले कर्मचारीमा पार्टीकरणले गर्दा नेपाली कर्मचारी तन्त्र ध्वस्तै भएको आरोप लगाए । उनले भने “कागेंस, एमाले, माओबादीले जनताको लागि काम गनु भन्दा आफ्नो व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थमा लागेर कमचारीहरुलाई पनि पार्टी करण गर्दा देशको विकास हुन नसकेको हो । ” कर्मचारी निष्पक्ष हुनु पर्नेमा उनीहरु पार्टीकरणमा सिमा नाघेको दाबी गर्दै राणाले यस्ता समस्याहरु समाधान गर्न पनि आफ्नो पार्टी एकिकरण भएको जनाए । उनले भने “८१ प्रतिशत हिन्दु राष्ट्र हाम्रो मुलुकमा जबरजस्ती धर्मनिरपेक्ष राष्ट्र घोषणा भयो, यदी सकिन्छ भने यस बिषयमा जनमत संग्रह गरौं त्यसलाई हामी मान्त तयार छौं, केहि पार्टीको स्वार्थको लागि आम जनताको ईच्छा र चहाना विपरित अघि बढ्नु राम्रो हुदैन । ” मुलुकको पहिचान कायम गर्न पनि पुनः हिन्दु धर्म ल्याउनु पर्ने उनको भनाई थियो । राप्रपाका उपाध्यक्ष एवं आपुर्ति मन्त्री दिपक बोहोराले प्रजातन्त्रको नाममा हाल लुट तन्त्र भएको आरोप लगाए । हिन्दु राष्ट्र घोषणाको अभियानमा आफुहरु लागेको बताउदै उनले निर्वाचनबाटै आफ्नो पार्टीको स्वरुप देखाउने दाबी गरे ।

पार्टीका महामन्त्री तथा भुमिसुधार मन्त्री विक्रम पाण्डेले आफ्नो कार्यकालमा सुकुम्वासिलाई छानविन गर्ने बताए । उनले कास्कीको लेखनाथमा नापी र मालपोत कार्यालयको सेवा कार्यालय खोल्ने बताए । पार्टीका बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले देशको राष्ट्रियता हाल खतरामा परेको आरोप लगाए । गुण र दोषको आधारमा नेता छनौट गर्न आग्रह गर्देै उनले अब आफुहरु एमाले कागेंसको बोका भएर नभई बाघ भएर हिड्ने दाबी गरे । राप्रपाका पश्चिमाञ्चल अध्यक्ष हेमजंग गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न नेताहरुले वोलेका थिए । पोखराको पृथ्बीचोक देखि झाकी सहित चिप्लेढुंगामा र्याली पुगेको जेवी कुवंरले बताए । चिप्लेढुंगा क्षेत्रमा कार्यक्रम भएकोले विपिचोक देखि सिद्धार्थचोकसम्म चारपांग्रे सवारी साधनलाई सो सडक क्षेत्रमा कार्यक्रम अवधि करीब ४ घण्टा अबरुद्ध पारीएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस