पोखरा-
समग्र पोखरा उपत्यकाको आर्थिक तथा सामाजिक विकासका लागि पत्रकारिताको क्षेत्रबाट योगदान पु¥याउने उद्देश्यले लेखनाथ पत्रकारमञ्च विधिवत्रुपमा दर्ता भएको छ । कास्की जिल्लाको पूर्वीभेगस्थित निर्वाचन क्षेत्र नं १ अन्तर्गतका क्रियाशील पत्रकारहरुको सक्रियतामा विसं २०६७ सालमा स्थापना भएको मञ्च बिहीबार जिल्ला प्रशासन कार्यालय, कास्कीमा विधिवत्रुपमा दर्ता भएको हो ।
समृद्ध लेखनाथका लागि पत्रकारिता’ भन्ने मूल नाराका साथ स्थापना भएको सो मञ्च दर्ता भएको लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बरालले जानकारी दिनुभयो ।
सोही अवसरमा लेखनाथको अर्घौँचोकमा रहेको कवि शिरोमणि लेखनाथ पौड्यालको शालिकमा माल्यार्पण एवम् परिसरमा सरसफाइ गरिएको सचिव विष्णुहरि पौडेलले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution