पोखरा-
‘युवाको सकारत्मक प्रयोग र उपयोगको’ नारा सहित सामाजिक कृयाकलापमा आवद्ध लाली गुराँस एशोशियसन पोखरा द्वारा आयोजित सेभेन ए साइड फुटबल प्रतियोगिताको तेश्रो दिनका खेलहरु आइतवार पनि जारी रहेका छन ।
आइतवार सम्पन्न तेश्रो दिनको खेलहरुमा व्ल्याक् हर्स क्लवले टाउन एफसीलाई २–१ ले, सुनगाभा एफ.सी ले स्वस्तिक नेपाललाई ४–० ले, अमरसिंह उच्च मावी वि ले मसिना फुटवल क्लव लाई ३–० ले र आर्दश युवा क्लवले दुले गौंडा क्लवलाई टाइ व्रेकरमा ३–१ गोल अन्तरले पराजित गरेको छ । त्यसै गरि सितल देवी युवा क्लवले वा अभर दिए पछि मिलन टोल स्वतः विजयी वनेको आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत सोमवार ८ वटा खेल हरु संचालन हुने छन । एक लाख २५ हजार ५ सय ५५ नगद राशी प्रथम पुरुस्कार रहेको उक्त प्रतियोगिताको उपविजेता टिमले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिता पुष १५ गते सम्म संचालन हुने छ ।
पोखराको अम्वर सिंह खेल मैदानमा पुष ८ गते देखि सुरु भएको प्रतियोगितामा ४७ टिमको सहभागिता रहेको एशोसियशनका अध्यक्ष डम्वरजङ्ग गुरुङ्गले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution