पोखरा-
नेपालको खेलकुद क्षेत्रमा कृयाशिल नेपाल भूतपुर्व खेलाडी मंचले फागुनको ७ गते ११ औं अन्तराष्ट्रिय सफल पोखरा म्याराथन आयोजना गर्ने भएको छ । मंचको बुधवार सम्पन्न वैठकले उक्त निर्णय गरेको हो । फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुने पोखरा म्याराथन बारे जानकारी दिदैं मंचका अध्यक्ष खडग रानाभाटले यस पटकको पोखरा म्याराथन अझै भव्य र सभ्य तरिकाले गर्ने बताए ।
“पोखरा म्याराथन पोखरेलीहरुको पनि सम्पती हो यसको भव्यता संगै पोखरेलीहरुले देखाउने सदभाव र सुभेच्छा प्रशंसनिय छ” अध्यक्ष रानाभाटले भने । यस क्षेत्रको खेलकुदमा स्थापित पोखरा म्याराथनमा धेरै भन्दा धेरै स्वदेशी र विदेशी खेलाडीको सहभागिता रहोस भन्नका लागि यसको आयोजनालाई मंचले सदैव ध्यान पुर्याउँदै आएको उनको भनाई थियो ।पोखरा म्याराथनमा ४२ किमि १९५ मि, छात्रा÷छात्र ५ किमि. अपाङ्गका लागि ह्विल चियर महिला÷पुरुष ४ सय मिटर का इभेन्टहरु आयोजना गरिने मंचले जनाएको छ ।
लामो समयको अन्तराल पछि लक्ष्मी हाउसको सफल दुधको प्रायोजनमा गत वर्ष देखी निरन्तरता दिन सुरु गरिएको यस पटकको म्याराथन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको पूर्व खेलाडी एवम मंचका महासचिव हरी पराजुलीले वताए । करिव १५ लाख भन्दा वढी खर्च लाग्ने भएकोले पनि मंचले आयोजनाको खर्चका लागि मुख्य प्रायोजक संस्था लगाएत अन्य सहयोगी संस्थाहरुको आवश्यक्ता रहने कोषाध्यक्ष मञ्जुलमान श्रेष्ठले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution