पोखरा-
नेशनल प्याव्सानको २० औ स्थापना दिवसको अवसरमा एन प्याव्सानमा आवद्ध विद्यालयमा १० वर्ष निरन्तर मावि तहमा अध्यापनरत शिक्षक शिक्षिकलाई बिबिध कार्यक्रमको साथमा सम्मान गरेको छ ।
उक्त अवसरमा सम्मानित हुनेहरुमा कास्की मोर्डनाइज्ड एकेडेमीबाट शिवलाल उपाध्याय र प्रेमनाथ गौतम, हेम्जा बोर्डिङबाट नारायणी वस्नेत, युनिभर्स वोर्डिङ स्कूलबाट लिलानाथ दाहाल र राजेन्द्रप्रसाद वाग्ले, चिल्ड्रेन्स एकेडेमीबाट रिता गुरुङ, सिद्धार्थ लवडेल बोर्डिङ स्कूलबाट जितबहादुर खत्री र दिपेन्द्रराज अधिकारी, अञ्जुली आवसीय माविबाट गोविन्दप्रसाद पौडेल, न्यू ग्यालेक्सी माविबाट राजेश भण्डारी, धनप्रसाद श्रेष्ठ र हरिलाल उपाध्याय, गोर्खा बोर्डिङ स्कूलबाट अञ्जली थापा, दिपेन्द्र थापा, रुवि थापा, राजेश्वरी थापा रहेका छन्। उनीहरुलाई कार्यक्रमका प्रमख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी शंकरबहादुर गौतम र एन प्याब्सानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, उपाध्यक्ष याम खड्का र कास्कीका अध्यक्ष रामबहादुर मोचीले दोसोल्ला ओढाई सम्मान पत्रले सम्मान गरेका थिए।
त्यसैगरि स्थापान दिवसकै अवसरमा सामाजिक सेवा दायित्व अन्तर्गत कुँडर प्राविमा अध्यनरत दृष्टिविहिन विद्यार्थीहरुलाई वेडसिट, गलैचा, प्लाष्टिक टेवल वितरण गरिएको थियो भने एन प्याव्सान कार्यालय वरपर रहेका समुदायका २४ घर परिवारलाई कम्पोस्ट विन वितरण गरिएको थियो। गत वर्ष स्थापना दिवसको अवसरमा ती परिवारलाई सरसफाइ तथा वातवरण सम्वन्धि सचेतना कार्यक्रम अयोजना गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी गौतमले शैक्षिक क्षेत्रमा निजि तथा संस्थागत विद्यालयल महत्वपूर्ण भूमिका खेलेकोले यसलाई नजरअन्दाज गर्न नसकिने बताए। शैक्षिक क्षेत्रमा निजि तथा संस्थापक विद्यालयहरुले खेलेको भूमिका अतुलनिय छ उनले भने–निजि तथा संस्थागत विद्यालय नखुलेका भएर शैक्षिक क्षेत्रमा राज्यले लगानी गर्न सक्दैनथ्यो। उनले अभिभावकलाई चित्त वुझाएर फि लिन आग्रह गरे। विद्यालयका संस्थापक र अभिभावक विच कुरा मिलेको छ भने जिल्ला शिक्षा कार्यालय वाधक वन्दैन विद्यार्थी भिको वारेमा केन्द्रित हुदै उनले भने–अभिभावक र संस्थापक वीच लव प¥यो भने जिल्ला शिक्षा कार्यालय वाधक वन्दैन।
कार्यक्रममा एन प्याब्सानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराई, उपाध्यक्ष याम खड्का, पोखरा उपमहानगर पालिकाका वातवरण शाखा अधिकृत निर्मलमान सिंह भण्डारी, अभिभावक संघका पश्चिमाञ्चल संयोजक तारा पाखे, सगरमाथा टोल विकास संस्थाका अध्यक्ष नरबहादुर गुरुङले बोलेका थिए।
एन प्याव्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको कार्यक्रममा द्धितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुले सञ्चालन गरेका थिए। कास्कीमा एन प्याब्सान कास्कीमा हाल ४५ विद्यालय आवद्ध रहेका छन्।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution