पोखराको नागढुङ्गामा एक पुरुष मृतावस्थामा फेला

पोखरा न्युज –

पोखरा–लेखनाथ महानगरपालिका–८ नागढुङ्गामा बिहीबार एक पुरुष मृतावस्थामा फेला परेका छन् ।

सो ठाउँमा निर्माणाधीन चरक मेमोरियल अस्पतालमा तीन-चार महिनादेखि ज्यामी काम गर्ने रौतहट घर भएका ४० वर्षीय मोहन मैनाली आपूm सुत्ने कोठा अगाडि मृतावस्थामा भेटिएकोे वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।

उनको शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको वताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button