राष्ट्रिय विपद संकटकाल घोषणा गरिने – मन्त्री विश्वकर्मा

पोखरा न्युज –

वाणिज्य मन्त्री मीन विश्वकर्माले लगातारको वर्षाका कारण आएको बाढी पहिरोको व्यवस्थापनका लागि सरकारले राष्ट्रिय विपद संकटकाल घोषणा गर्ने बताउनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

रफत् सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले सरकारले सोचेजसरी बाढीपहिरोलगायतको विपद् व्यवस्थापन गर्न नसकेकाले आज बस्ने मन्त्रिपरिषद् बैठकले देशमा राष्ट्रिय संकटकाल घोषणा गर्ने सम्भावना रहेका बताउनुभएको हो ।

यतिबेला विपद् व्यवस्थापन गर्न सरकारलाई ठूलै चुनौती आइपरेको बताउँदै उहाँले कोशी ब्यारेजका केही ढोका खुल्न सरकारले गरेको कूटनीतिक पहल सफल भएको बताउनुभयो । ब्यारेजका सबै ढोका खुल्दा भारतको विहार डुबानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले विपद्का बेला सोचेर मात्र काम गर्नुपर्नेमा सरकार सजग रहेको उहाँको भनाइ थियो ।

अहिलेको विपद्ले तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने भए पनि सरकार चुनौतीको सामना गर्दै निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

मन्त्री विश्वकर्माले भन्नुभयो, “माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिए देशमा संवैधानिक संकटको अवस्था आउँछ, त्यसैले सरकारले हचुवाको भरमा संसद् र प्रदेशको निर्वाचन मिति घोषणा गर्दैन, निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषणा गरिने छ ।”

दुवै निर्वाचन एकैपटक गर्न सरकारले निर्वाचन आयोगसँग गरेको परामर्शमा निर्वाचन आयोगले कुनै निर्णय नगर्दा अन्यौलता बढेकामा चिन्ता व्यक्त गर्नुभयो । संविधान संशोधनमा दुई तिहाइ बहुमत पु¥याउन नेपाली काँग्रेसले विपक्षी दलहरुसँग छलफल तीव्र्र पारेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच बिग्रिएको सम्बन्ध सुधार ल्याउने र व्यापार घाटाका बारे छलफल हुने बताउँदै उहाँले चीनका उपप्रधानमन्त्रीको टोलीले गर्ने नेपाल भ्रमण नेपाल र नेपालीको हिता अनुकूल हुने उहाँले दाबी गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button