पोखरा न्युज –
नेपालि लोक लयका गीतहरुले नेपालीको दैनिकीलाई झल्काई रहेको हुन्छ । भलै लोक संगीतमा बिकृति नमिसिएको भने पक्कै हैन । डाडा(पाखामा दाउरा) घास गर्दा गाउने लय र सब्दलाई संगीतमा मुर्त रुप दिएर भिडियो निर्माणमा पछिल्लो समय विभिन्न व्यक्ति तथा कम्पनि क्रीयाशिल छन् । यस्तै एक गीत यतिखेर सार्बजनिक भएको छ ।
प्रियशी म्युजिक प्रालि द्वारा प्रस्तुत गरिएको यो गीत तथा भिडियोलाई निकै आकर्षक ढंगले प्रस्तुत गरिएको छ । टिपिकल नेपालि सब्दहरुलाई बुनेर । रोधी झरौलाू बोलको गीतमा चर्चित गायिका टिका पुन र कमल बस्नेतले स्वर भरेका छन् । उक्त गीतमा कमल, मिलन र सिर्जनाको संयुक्त सब्द समाबेश छ भने गायक बस्नेतले नै संगीत भरेका छन् ।
बबिता पुरी र राजेन्द्र पुरी को बजार व्यवस्थापनमा सार्बजनिक गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन् । भिडियोमा करिश्मा ढकाल र ओम श्रेष्ठ छमछमी नाचेका छन् । सागर गौतमले छायांकन गरेको भिडियोलाई अभिनाश डिशि ले सम्पादन गरेका हुन् ।