तेत्तीस किलो चरेस बरामद

पोखरा न्युज –

मध्यपश्चिम क्षेत्रीय प्रहरी अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज सल्यानीबागस्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

प्राप्त सूचनाका आधारमा प्रहरी निरीक्षक अरुणकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार राति ३२ किलो ७०० ग्राम चरेससहित चार जनालाई पक्राउ गरेको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताउनुभयो ।

पक्राउ पर्नेमा नेपालगन्जका सोपबहादुर पुन, दिपकुमारी पुन, प्रेमा चन्द र बर्दियाका हिरा बुढा रहेका छन् ।

यसैबीच, १२ बर्षिय एक नाबालिकालाई बलात्कार गरी फरार रहेका अभियुक्त बाँके खजुराका राजितराम राढ आज यहाँ पक्राउ परेका छन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button