झापामा छत्तीस हजार घरधुरी शौचालयविहीन

पोखरा न्युज –

झापालाई खुला दिसामुक्त घोषणा गर्ने अभियानमा चुनौती देखिएको छ । सन् २०१७ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेपनि अझै ३६ हजार घरधुरी शौचालयविहीन रहेकाले चुनौती देखिएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

खुला दिसामुक्त अभियानमा सहयोग गर्ने साझेदार संस्थाको अभावका कारण अपेक्षाकृत प्रगति हासिल गर्न नसकिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सहजकर्ता रुद्र न्यौपानेले बताउनुभयो । “चार महिनाभित्र अभियान सम्पन्न गरिसक्नुपर्ने चुनौती छ”, उहाँले भन्नुभयो, “अभियान सम्पन्न गर्न ठूलै चुनौती छ ।” हालसम्म झापाको बुद्धशान्ति गाउँपालिका मात्रै खुला दिसामुक्त भएको उहाँले बताउनुभयो ।

पहिलेका केही गाविस पनि खुला दिसामुक्त भएपनि स्थानीय तह पुनःसंरचनापछि अन्य गाउँपालिका-नगरपालिका खुला दिसामुक्त हुन सकेका छैनन् ।

झापालाई सन् २०१७ भित्र खुला दिसामुक्त बनाउने सरकारी लक्ष्य छ । समयावधि चार महिना मात्रै बाँकी छँदा सो लक्ष्य हासिल गर्ने सरकारी प्रयासमा ठूलै चुनौती थपिएको छ । झापामा एकलाख ८१ हजार ७९७ घरधुरी छन् । तीमध्ये एकलाख ४५ हजार ८०० घरधुरीमा शौचालय निर्माण भइसकेको कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button