पोखराको स्वाभिमान कृषि सहकारी संस्थामा नयाँ नेतृत्व

पोखरा न्युज ।

क्षत्री समाज पोखरा १७ द्धारा संचालित स्वाभिमान कृषि सहकारी संस्थाको प्रारम्भीक साधारण सभा भएको छ । संस्थाका अध्यक्ष लक्ष्मण कार्कीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी क्षत्री समाज नेपालका केन्द्रिय अध्यक्ष प्रा.डा. चन्द्र बहादुर थापाले आर्थिक सबलताका लागि सहकारीको बिकासले व्यक्तिको जिवनस्तर उकास्नुका साथै बचतको सोचलाई फराकिलो पारेको बताउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी क्षेत्री समाज नेपालका पूर्व केन्द्रिय अध्यक्ष प्रा.डा. दिल बहादुर क्षत्रीले ,क्षत्रीहरुले आफ्नो स्वाभिमान जोगाउँदै आर्थिक क्षेत्रमा पनि हातेमालो गर्दै सहकारी स्थापना गर्नु प्रशंसनिय कार्य भएको बताउनुभयो । यस्ता कार्यलाई बढाउँदै देशभर लैजानुपर्ने आवश्यकता रहेको र सो कार्यमा क्षत्रीहरु एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनुभयो । सहकारीका अध्यक्ष लक्ष्मण कार्किले सहकारीको मर्म अनुरुप संस्था संचालन भएको बताउदै सबै सेयर सदस्यहरुले आफ्नै सहकारीबाट कारोबार गरे मात्रै मुनाफा दिन सकिने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारीले सहकारीलाई सहकारीको सिद्धान्त अनुसार चलाउन सकेमा यसले प्रतिफल राम्रो दिने बताउँदै , करिब नौ सय बचतकर्ताहरुमा महिलाहरुको संख्या बढि देखिएको हुँदा यसले आर्थिक सबलता बढाउने तर्फ जोड दिएको बताउनुभयो । निकट भविष्यमा सहकारी संस्थाहरु स्थानिय निकाय अन्र्तगत जाने भएको हुँदा यसको व्यवस्थापन चुस्त दुरुस्त तवरले गर्नुपर्नेमा जोड दिनुभयो ।

साधारण सभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन पारित गरेको छ भने आगामी ३ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा लक्ष्मण कार्कि , उपाध्यक्ष बिमला भण्डारी, सचिव कृष्ण बहादुर थापा, कोषाध्यक्ष कमल बहादुर रेग्मी, सदस्यहरुमा क्या। याम बहादुर क्षेत्री ,डिक बहादुर केसी, राधिका कार्कि, मनशान्ती क्षेत्री, हिरा थापा केसी ,राज बहादुर थापा, र कृष्ण कुमारी महत चयन हुनुभएको छ भने लेखा समिति संयोजकमा बेद बहादुर थापा, सदस्यहरुमा सारा बहादुर पोखरेल र अर्चना बस्नेत रोका निर्वाचित भएको निर्वाचन समितिका संयोजक पदम बहादुर थापाले बताउनुभयो ।

क्षत्री समाज नेपालका महासचिव रोम बहादुर कार्कि, उपाध्यक्ष उर्मिला खड्का, क्षत्री समाज नेपाल नगर समिति कार्यबाहक अध्यक्ष पदम बहादुर थापाले सहकारी स्थापना गरि क्षत्री समाजले अन्य समाजका लागि पनि नमुना पेश गरेको बताउँदै शुभकामना सहित आगामी दिनमा यसको बढावा दिनुपर्ने बताउनुभयो ।

सेयर सदस्यको तर्फबाट सेयर सदस्य शान्ती जी।सी र सुवेदार टंक बहादुर कार्किले आफु सहकारीको सदस्य बन्न पाएकोमा गौरव अनुभूति भएको बताउनुभयो । सोहि अबसरमा क्षत्री समाज नेपालका स्थापना कालका उपाध्यक्ष एवं सल्लाहकार कृष्ण बहादुर थापालाई समाज प्रती गरेको योगदानको कदर गर्दै सम्मान गरिएको छ । सहकारीका सेयर सदस्य हिरा केसीले सहकारीको ७ सिद्धान्त बाचन गरेको कार्यक्रममा संस्थाका सदस्य मन्जु ढकालले स्वागत गर्नुभएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button