एसियाका ७ देश भ्रमण गरेको टोलीलाई पोखरामा स्वागत तथा सम्मान

पोखरा न्युज ।

नेपाल सहित एसियाका ७ राष्ट्रहरुको भ्रमण गरी स्वदेश फर्किएको एक टोलीलाई आईतबार पोखरामा स्वागत तथा सम्मान गरिएकोछ ।

शान्तिको सन्देश दिदै काठमाण्डौं कालिमाटीका ५ जना युवाहरुले मोटसाईकलबाट नेपालमा शान्ति छ भन्ने सन्देश दिदै एसियालका ७ राष्ट्रको हाल भ्रमण गरी स्वदेश फर्किएको उनीहरुको टोलीलाई इच्छाशक्ति अटोमोवाईल प्रालिले स्वागत तथा सम्मान गरेको हो ।

बजार कम्पनीको बजार डोमिनार ४ सय सीसी भएको मोटरसाईकलमा विभिन्न देश भ्रमण गरेको भन्दै प्रालिले दीपक प्रसाद पौडेल सहितको ५ सदस्य भ्रमण टोलीलाई प्रालिले सम्मान गरेको हो । प्रालिका सिनियर म्यानेजर भगवान विजुक्छेले उनीहरुलाई फुलमाला तथा खादा लगायतर पोखरामा स्वागत तथा सम्मान गरेका हुन । नेपालको झण्डा फराउदै नेपाली धर्तीको बारेमा एसियाका धेरै जनातालाई जानकारी गारउदै हिडन पाउदा आफुहरुलाई निकै खुसि लागेको टोलीमा सहभागि पौडेलले बताए । टोली आज दमौली हुदै मलेखु पुगेर आज सोहि ठाँउमा वसि भोलि सोमबार पशुपतिनाथ मन्दिरको दर्शन गरी कालिमाटिमा पुगेर समापन गर्ने भएको टोलीमा सहभागि एक सदस्य सुरज अधिकारीले जनाए ।

टुर दी एसिया टिम नाम रहेको टुरमा सहभागि टोलीलाई गत जेठ २२ गते राष्ट्रपति बिद्यादेवि भण्डारीले काठमाण्डौंबाट विदाई गरेकी थिईन । आफुहरुको भ्रमण सफल भएकोमा खुसि व्यक्त गर्दै पौडेलले आफुहरुको यात्रामा सहयोग गर्नेहने सम्पुर्ण स्वदेशी तथा विदेशीहरुलाई धन्यवाद दिएका छन । बजार डोमिनार मोटरसाईकलमा उनीहरुले ९१ दीनमा भारत, बंगलादेश, म्यानमार्क, थाईल्याण्ड, मलेसिया र सिंगापुरको भ्रमण गरी हालै स्वदेश फर्किएका हुन । टोलीमा पौडेल सहित श्याँम प्रसाद सुवेदी, सुरज अधिकारी, रमेश धिताल र रामकृष्ण नेपाली रहेका छन । काठमाण्डौंको कालिमाटी तरकारी बजार युवा क्लवका उपाध्यक्ष समेत रहेका दीपक प्रसाद पौडेल कालिमाटी तरकारी फलफुल बचत तथा ऋण सहकारी संस्थाका सचिव समेत रहेका छन । टोलीमा सहभागि अन्य चार जना क्लवका सदस्य हुन भने सहकारीमा श्याँम प्रसाद सुवेदी लेखा संयोजक समेत हुन । सडक मार्ग हुदै एसियाका ७ मुलुक भ्रमण गर्दा अधिकाशं व्यत्तिहरुबाट नेपाली झण्डा फराउदै आफुहरु हिडन पाउदा आफुहरुलाई ज्यादै खसि लागेको उनले बताए । नेपाली राष्ट्रिय झण्डा फराउदै नेपालको प्राकृतिक तथा सांस्कृतिक एवं पर्यटकीय स्थलहरुको बारेमा विदेशीहरुलाइ जानकारी गराउदा पाउदा आफुहरु छुट्टै अनुभव भएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button