राज्यको सुविधाबाट उपेक्षित खेलाडी कमल

केशव पाठक
पोखरा न्युज ।

कोरियाको सिओलमा सम्पन्न ५१ एशियाली वडि विल्डिङ्ग प्रतियोगितामा कमल भण्डारी तेश्रो हुँदा कसैलाई अत्तो पत्तो भएन । न त उनको प्रतिनिधि संस्था कास्की जिल्ला शारिरिक सुगठन संघलाई । ५५ केजी तौल समुहमा तेश्रो वनेर सिओलमा १५ दिन अघि नेपाली झण्डा फहराउँदाको क्षण वेग्लै थियो आफु त्यो स्थान सम्म पुग्छु भन्ने उनलाई थिएन पनि ।

पोखरेली साधारण परिवारका जन्मिएका भण्डारी २०६० साल बाट स्वास्थका लागि जिम छिरे । तर उनको मेहनितलाई देखेर उनका साथीहरुले उनलाई वडी विल्डीङ्ग खेल तर्फ जान सुझाए । उनले २ वर्ष अघि वुल्सम्यान क्लवले पोखरामा आयोजना गरेको खेलमा तश्रो स्थान हासिल गरे । उनको यस खेलमा यात्रा रोकिएको छैन । ‘तर खेल यात्रा धान्न भने निकै गाह्रो छ’ उनले भने । उनको यो यात्रा धान्न नसक्नु भनेको नै उनको खेलमा हुने खर्च हो ।

‘वडी विल्डीङ्ग खेललाई आवश्यक पर्ने डाइटको मात्रा पु्रयाउन गाह्रो छ’ ‘आफु साधारण परिवारको भए पनि परिवारका सदस्यले के चाहियो भनेर सोध्ने गर्छन’ उनी यसो भनिरहँदा आखाँमा आँशु टलपल थिए । वुल्स म्यान क्लव पोखराले उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनको गला अवरुद्ध थियो । उनको सम्मानका लागि उभिएका खेलाडी, प्रशिक्षक सवैका आखाँमा आँसु थियो । ‘एकै दिनमा २५÷३० वटा अण्डा, न्युट्रिसियन युक्त खाना, पानी लगाएतले खर्च ठूलो छ, तर यति ठूलो सफलता हात पारेर राज्यको शिर उचो पार्ने खेलाडीलाई राज्यले समेत सोधेन न त उनको सहयोगका लागि कुनै संघ संस्था अगाडी आए’ वुल्स म्यान क्लवका अध्यक्ष नुना गुरुङ्गले गुनासो पोखे ।

कमल भण्डारी अव तिन हप्ता पछि मिष्टर वल्र्ड च्याम्पियनसिपमा सहभागीताका लागि मंगोलिया जाँदैछन । तर खर्चको कुनै टुङ्गो छैन न त उचित डाइटको व्यस्वथा गुरुङ्गको भनाइ थियो । वुल्सम्यान क्लवले उनको डाइटका लागि ४० हजार नगद प्रदान समेत गर्यो । ‘पोखरेली खेलाडीले विश्वमा नेपालको झण्डा फहराउने काम गरेको छ राज्यले त सोधेन, अव हामी सवै पोखरेली संघ संस्था उनको सहयोगका लागि अगाडी आउन म आह्वान गर्छु’ गुरुङ्गले पोखराको गौरव वढाउने भण्डारीलाई सवैले सहयोग गर्नु पर्ने वताए । राखेपका पूर्व सदस्य राजेश गुरुङ्गले हौसला दिंदै ११ हजार नगद प्रदान गरे ।

सम्मान कार्यक्रममा वोल्दै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितीका अध्यक्ष खगराज पौडेलले कमल भण्डारीलाई हर सम्भव सहयोग गर्ने वताउँदै पोखरा रंगशाला परिशरमा सुविधा युक्त फिटनेश सेन्टरको स्थापना कार्यलाई अगाडी वढाउने वताए । ‘अव हामी योजनावद्ध तरिकाले अगाडी वढ्छौ र पदकका सम्भवना युक्त खेलहरुको राम्रो पुर्वाधारको निर्माणमा जुट्छौ’ उनले भने ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button