साग छनोटको लागि पोखरामा शनिबार द्वाथोलन तथा ट्रायथोलन प्रतियोगिता

धन बस्नेत,

पोखरा न्युज ।

राष्ट्रिय खेलकुद परिषदले शनिबार पोखरा महिला तथा पुरुष द्वाथोलन तथा ट्रायथोलन प्रतियोगिता गर्दै छ । प्रतियोगितामा विजेता खेलाडीले १३ औं दक्षिण एशियाली गेम्स(साग)मा सहभागिता जनाउने छन् ।

नेपाल ट्रायथोलन संघको आयोजनामा हुने “सातौं राष्ट्रिय ट्रायथोलन च्याम्पियनसिप” सागको लागि छनोट प्रतियोगिताको रुपमा लिइएको छ । पोखराको फेवातालमा हुने ट्रायथोलनमा ७५० मिटर स्वीमिङ, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर रनिङ (दौड) हुने छ । महिला तथा पुरुष राष्ट्रिय खेलाडीले प्रतिस्पर्धा गर्ने कास्की जिल्ला ट्रायथोलन संघका सचिव प्रकाश बरालले जानकारी दिए ।

यसैगरी महिला तथा पुरुष द्वाथोलन समेत समावेश गरिएको छ । द्वाथोलनमा २० किलोमिटर साईक्लिङ, ५ किलोमिटर रनिङ(दौड)मा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । दुवै प्रतियोगिता नजिकिदैं गर्दा मौसम प्रतिकुल बन्दै गएको छ । चिसो बढ्दै गएको छ ।

राखेपले पोखरामा महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता तथा ह्याण्डबल प्रतियोगिता गर्ने जनाएको छ । कार्तिक १५ गतेदेखि आयोजना गर्ने भनिएपनि चुनावकै कारण मिति सर्ने सम्भावना देखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button