पोखराको लेकसाइडमा जिप र मोटरसाइकल ठक्कर खादा ३ जना घाइते

पोखरा न्युज ।

पोखरा लेखनाथ ६  बैदाम स्थित डिहीकोपाटनमा मंगलबार  जिप र मोटरसाइकल ठक्कर  खादा ३ जना घाइते भएका छन् ।

हल्लनचोक तर्फ जादै   गरेको   ग२च ३३०५ नं को  जिप र ग४प् ६४४९ नं को मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकलमा सवार २ जना तथा एक पैदल यात्री गरि ३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक पोखरा ५ मालेपाटन बस्ने बर्ष ३४ को म्यादी प्रहरी काजी गुरुङ, पछाडी बस्ने  वर्ष ३४ को गौतम गुरुङ तथा स्विजरल्याण्ड नागरिक वर्ष २६ की LARA AMY LYNNE BERNARD रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलमा सवार घाईतेहरुको मेट्रोसिटी अस्पतालमा तथा पैदल यात्री विदेशी नागरिकको लेकसाईट स्थित CIWEC मेडिकलमा उपचार  भईरहेको प्रहरीले बताएको छ ।

कार चालकलाई र कारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button