कास्कीमा शिक्षाको जग बलियो बनाउँदै ‘एनइजिआरपी’ कार्यक्रम

केशव पाठक,

पोखरा न्युज । 

‘कति ढिलो आयौ इजिआरपी हाम्रो गाउँमा
शिक्षाको ज्योती बाली नि आयौ हाम्रो ठाउँमा’

वाल शिक्षाका लागि उपयुक्त बनेको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले समुदायमा वढेको आर्कषण बारे मादी गाँउ पालिका वडा नं ८ नागिधार की सदस्य लालशोभा घले यस्तो कविताको भावमा सुनाउँदै थिइन । उनले विद्यालयको कक्षा कोठा कहिल्यै देखिनन । न त उनका वुवा आमाले पढन पर्छ स्कुल जानु पर्छ भनेर सिकाए । उनलाई घरमा नै छोरा छोरीले सिकाए पढन । उनले पनि आफुले पढन नपाएको ति दिन सम्झिदै छोरा–छोरी लाई उच्च शिक्षाका लागि काठमाडौ र पोखरा पठाएकी छन ।

अमेरिकन जनतको सहयोग विकास नियोग (युएस एआइडी)को प्रविधिक सहयोगमा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (एनइजिआरपी)ले कास्कीका गाउँ वस्तीका टोल–टोलमा साना कलिला वाल वलिकाको पढन सक्ने क्षमता अभिवुद्धी गर्दैछ । नेपाल सरकार शिक्षा मन्त्रालयको द्वारा संचालित उक्त कार्यक्रमले जिल्लाका ३ सय ८७ विद्यालयका १ देखि ३ कक्षा सम्म अध्ययनरत करिव १४ हजार विद्यार्थी लाभान्वित भएका छन ।

‘जिल्लाका २२ स्रोत केन्द्र अन्तर्गतका विद्यालयमा यो कार्यक्रम लागु भएको छ’ जिल्ला शिक्षा कास्कीका उपजिशिअ दिपेन्द्र ढकाल भन्छन ‘यो कार्यक्रम अन्र्तगत टोल टोलमा पढाइ समुह गठन गरिएको छ ।’ त्यस्ता टोल समुह ६ सय ८६ रहेको उनले जानकारी दिए । नेपाल सरकारको सधन कार्यक्रम अन्र्तगत कास्की सहित ६ जिल्लामा यो कार्यक्रम लागु गरिएको छ । जस अन्र्तगत विद्यालयका प्रअ, शिक्षक र विद्यालय व्यवस्थापन समितीका पदाधिकारीलाइ पनि यो कार्यक्रम वारे अभिमुखिकरण गराइएको छ ।

कार्यक्रम अन्र्तगत साना कलिला वालवालिका लाई अध्ययनमा रुची वढाउन छुट्टै प्रकारका पठनिय सामाग्री वितरण गर्नुका साथै उनीहरुको गुणस्तर अभिवृद्धीका लागि २ लाखका दरले अनुदान दिइने १ सय ७ वटा व्यवस्थापन अनुदान गरिएको इजिआरपी क्षेत्रिय संयोजक दिपक शर्माले जानकारी गराए । शर्माका अनुसार स्रोत केन्द्रमा समेत पढाइ उत्सव कार्यक्रम, अभिभावक क्षमता अभिवृद्धी कार्यक्रम उत्कृष्ट अभिभावक पहिचान र सम्मान समेत गरिएको उप जिशिअ ढकालले वताए । त्यसका साथै कार्यक्रम लागु भएका विद्यालयहरुमा वाल वालिकाका लागि अभ्यास पुस्तिका, सन्दर्भ र पठनिय सामाग्री समेत वितरण गरिएको छ ।

उप जिशिअ ढकालका अनुसार कक्षा कोठाको सिकाई उपलव्धी वढाउन कास्कीमा ४० जना उत्प्रेरक परिचालित छन भने जिल्ला शिक्षा कार्यालयले नियमित अनुगमन समेत गर्ने गरेको छ । कास्कीको गोर्जे स्रोत केन्द्रमा भएको भेलामा लाल सोभाले कविता मार्फत भाव पोख्दै गर्दा सोही गाउँकी मिरा सुवेदीले यस्तो सामुहिक पढाईले आफ्ना छोराछेरीको पढाइमा परिवर्तन ल्याएको र पढने वानीको विकास भएको वताइन ।

‘पहिले त यस्तो थिएन अहिले त हामी अभिभावकहरु मिलेर पढाउने गरेका छौ’ सोही गाउँकी एलिशा गुरुङ्गले वताइन उनी टोल पढाइ समुहकी सदस्य पनि हुन । ‘पहिले पहिले विद्यालय जान नमान्ने वच्चा हरु अहिले विद्यालय पुग्न आतुर हुन्छन’ अभिभवक संघका अध्यक्ष समेत रहेका श्याम वहादुर क्षेत्रीले भने–‘चेतनाको कमी थियो वाल वालिका पढन भन्दा खेल्न रमाउँथे अभिभावकहरु पढ भन्थे, ध्यान दिंदैनथे, तर यि सवै कुरामा परिवर्तन आएको छ ।’

यो कार्यक्रमको अर्को राम्रो पक्ष भनेको घर–घरमा बाल बालिका लागि पढ्ने स्थान पनि एक हो । उपजिशिअ ढकालले पढ्ने ठाउँका साथ साथै उनीहरुलाई सफा सुत्ने र पोशिलो आहारका लागि पनि अभिभावक सचेत हुनु पर्ने वताए । घर–घरमा अभिभावकहरु संगै वसेर पढने अनि पढाउने वानीको विकास भएको उनले वताए ।

मादी ८ का समुदाय मात्र होइन मोदी गाउँपालिका १ सिक्लेशका गुरुङ्ग समुदायमा यो कार्यक्रमले राम्रो प्रभाव पारेको छ । सिक्लेशकी सुना गुरुङ्गले पढाई कार्यक्रमले वालवालिकामा भाषाको शुद्धता वढेर गएको र नजानेको कुरा शिक्षकलाई सोध्ने वानीको विकास भएको वताइन । अन्नपुर्ण मावी सिक्लेशका शिक्षक गेहेन्द्र गुरुङ्गले यो कार्यक्रमले विद्यार्थीहरुको पढने वानी सङ्गै अभिभावकहरु पनि समाजमा उभिएर वोल्न सक्ने क्षमता वढेको वताए ।

समिक्षा कार्यक्रममा उपस्थित भएका मादी १ सिक्लेशका अभिभावकहरु आफ्नो मनको भाव निर्धक्क पोखिरहेका थिए । उनीहरुले आफ्ना छोरा छोरी पढन ‘पढाई कुना’ अर्थात निश्चित पढने स्थानका लागि छुट्टाएको वताए । मादी १ की टाइमाया गुरुङ्गले यो कार्यक्रमले आफ्ना बालबालिका उच्च कोटीको जिवन तर्फ उन्मुख गराएको र भविष्यको गोरेटो कोरेको वताइन । मादी गाँउ पालिकाकी उप प्रमुख विष्णुमाया पौडेलले यो अभियानले महिलाहरुमा जागरण ल्याएको वताउँदै अभियान निरन्तरताको लागि गाँउपालिकाले प्राथमिकतामा राखेर काम गर्ने वताइन ।

विद्यार्थीहरुको शिक्षण पद्धतीलाइ तल्लो तहको जग वलियो वनाउन कार्यक्रमले खेलेको भुमिका स¥हानिय रहे पनि यसलाई देशका कुना काप्चामा पु¥याउन शिक्षा मन्त्रालयले अझै वढी ध्यान दिनु पर्ने देखिन्छ । कार्यक्रमले अभिभावक र समुदायलाई चेतनाको मुल आधार शिक्षाको जग वलियो वनाएको सवैले प्रशंसा गर्ने लाएक कार्यक्रम वन्न सफल भएकोमा शिक्षामा कार्यरत सवैमा मुस्कान छाएको प्रष्ट छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button